फिल्म भूल भुलैया- ३ को सस्पेन्सले भरिएको पोष्टर सार्बजनिक

काठमाडौँ । कार्तिक आर्यन र तृप्ति डिम्रीको आगामी फिल्म ‘भूल भुलैया ३’ को दर्शकमा निकै क्रेज रहेको छ । फ्यानहरूले यस फिल्मसँग सम्बन्धित हरेक अपडेटमा नजर राखिरहेका छन् ।
बुधबार निर्माण पक्षले यस फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । योसँगै रिलिज पनि पुष्टि भएको छ । पहिलो पोस्टर सस्पेन्सले भरिएको छ
। अनीस बज्मी निर्देशित फिल्म ‘भुल भुलैया ३’ दीपावलीको अवसरमा रिलिज हुँदैछ ।
आज सार्वजनिक गरिएको पोस्टरबाट यसको पुष्टि भएको छ । पोस्टरमा एउटा बन्द ढोका देखिन्छ, जसमा ताला झुण्डिएको छ । त्यसमा रुद्राक्ष माला र कालव बाँधिएको हुन्छ । पोस्टर निकै सस्पेन्सफुल छ ।
पोस्टरसँगै कार्तिकले क्याप्सन लेखेका छन्, 'यो दिवालीमा ढोका खुल्नेछ'। यो फिल्मसँगै विद्या बालन पनि यो लोकप्रिय फ्रेन्चाइजको तेस्रो सिरिजमा फर्कदै छिन् । विद्या बालन फिल्म ‘भूल भुलैया’ मा मञ्जुलिकाको भूमिकामा देखिएकी थिइन् । तर, दोस्रो पार्टमा विद्या नदेखिएर अब तेस्रो किस्तामा उनको प्रवेश भएको छ ।
‘भूल भुलैया ३’ ले बक्स अफिसमा अजय देवगन र रोहित शेट्टीको ‘सिंघम ३’सँग प्रतिस्पर्धा गर्नेछ । यो चलचित्र टी–सिरिज फिल्म्स र सिने १ स्टुडियोले निर्माण गरेको हो । थिएटर पछि, फिल्म ओटीटी रिलिज हुनेछ । आज रिलिज भएको पोस्टरबाट फिल्म कुन ओटीटीमा रिलिज हुने भन्ने पनि स्पष्ट भएको छ । यो नेटफ्लिक्समा स्ट्रिम हुने बताइएको छ ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_tDnJTHTflH_w9cycxscie4rnwl4de2nm8nqcfvkjx3t677ttzzalsbn9kanu6gnojo9qldv.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_EfBUMiTwDV_b6yc6yegpgsyiatd7tnvvsxmnqyf63cn2msvaqbwqjuzg6kc2tiodi6usnbs.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया