बाबर आजमले दिए कप्तानीबाट राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउदै आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन् ।
बाबर आजमले भनेका छन्- 'म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ ।'
आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता बताउदै उनले अब आफ्नो परिवारसँग समय बिताउने समेत लेखेका छन् । उनले भनेका छन्- हामीले सँगै जे हासिल गर्यौं त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु ।'
पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो । पाकिस्तानले अक्टोबर ७ देखि घरेलु मैदानमा तीन खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_MIpSaNIn8m_wvrm7acyt0oijkdae9rndxl2w3fkyhqvv4clmoa7lnhpsbd1ygkizjjawgwu.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_SuudSU3eSe_btivumrmii0pjri1wyexxklrtzccxb08oo0hn6lzy1ugvpepxbbcswe4hxbu.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_S2d2q4KxuP_n7cjpcnhcfjl89vofeeaxe2yuqo5x0kibxtxf466yvtkn6xxaawcweqtctmn.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_11dyW03RZm_eizw8tsmvhtffgt4mlya9ajoygcjvk8vbg0x3eau0gecar2guvvoag5oe84s.jpg)
प्रतिक्रिया