शंखर नेशनल माध्यामिक बिघालयका बिधार्थीहरु चन्द्रागिरि थ्रि डि आर्ट म्युजियममा
काठमार्डौ ,
भक्तपुरको सुर्यबिनायक नगरपालिका अन्र्तगत दधिकोटमा रहेको शंखर नेशनल माध्यामिक बिघालयले बिघालयमा अध्ययन गर्नै बिधार्थीहरुलाई थानकोट त्रिभुबन पार्क भित्र रहेको चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको छ । पढाईक साथै बिधार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत प्राथामिकता साथ जोड्दै आएको भक्तपुरको उत्कृष्ठ शैक्षिक संस्था शंखर नेशनल माध्यामिक बिघालयले विद्यालयमा कक्षा ३ र ४मा अध्ययन गर्ने करिब १०० जना बिधार्थीहरुलाई आज बिशेष कार्यक्रम सहित चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम भ्रमणसँगै बनभोज कार्यक्रम समेत आयोजना गरेको हो । कार्यक्रममा बिधार्थीहरुका लागि थ्रि डि आर्ट म्युजियम भ्रमणका साथै पार्कहाता भित्र हाईक , बिभिन्न मनोरन्जनात्मक खेलहरु समेत खेलाइएको थियो । भ्रमणका क्रममा उक्त विद्यालयका विद्यार्थीहरूले करिब २ घण्टा म्युजियम भित्र बिताएका थिए ।
पार्क घुमाउने क्रममा विद्यार्थीहरूलाई पार्क हाता भित्र उपलब्ध बिभिन्न ऐतिहासिक एबम् प्राकृतिक सम्पदाहरुका बारेमा शहिद स्मृती प्रकृती प्रतिष्ठानका प्रतिनिधि राजु कोइरालले जानकारी गराइएका थिए । उक्त भ्रमण बिघार्थीहरुलाई पार्क भित्र रहेको चौतारा , ढुड्गेधारा , कमलको पोखरी , त्रिभुबनको सालिक , बुद्ध प्रतिमा , गमला घर लगाएतका बारेमा बृस्तीत रुपमा जानकारी समेत गराइएको थियो ।
फोटो फिचर :
प्रतिक्रिया