चन्द्रगिरी नगरपालिकाले सम्पन्न गर्यो चित्रकला प्रतियोगिता

काठमार्डौ ।
चन्द्रागिरि नगरपालिकाले नगरस्तरीय बिघालयहरुको चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । नगरपालिकाले नगर भित्रका बिघालयहरुका बिधार्थीहरुको सहभागितामा ‘मलाई मनपर्ने पार्क’शिर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरेको हो । चन्द्रगिरि स्थित शहिद स्मारक प्रतिष्ठान पार्क (त्रिभुवन पार्क) हातामा भएको चित्रकला प्रतियोगिताको चन्द्रगिरि थ्रि डी आर्ट म्युजियमले संयोजन गरेको थियो ।
चन्द्रगिरि नगरापालिका शिक्षा तथा खेलकुद विभाग अन्तर्गत सम्पन्न चित्रकला प्रतियोगितामा चन्द्रागिरी नगरपालिकाभित्रका सामूदायिक तथा संस्थागत गरि कक्षा १ देखि कक्षा ५ सम्मका ४० स्कुलका ४० जना विद्यार्थीहरुले ‘मलाई मनपर्ने पार्क’शिर्षकमा चित्र कारेका थिए । नगरपालिका स्तरीय चित्रकला प्रतियोगिता कार्यक्रममा नगरपालिकाका प्रतिनिधिहरू तथा स्थानिय वडा लगाएतका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको नगरपालिकाका शिक्षा विभाग प्रमुख सुजन राज खनालले बताए ।
नगरपालिकाका प्रवक्ता कृष्ण खड्कीको प्रमुख अतिथ्यतमा सम्पन्न नगरपालिका स्तरीय चित्रकला प्रतियोगिताको अध्यक्षता सामाजिक विषय समितिका संयोजक घनश्यान लुँइटेलले गरेका थिए । कार्यक्रममा शिक्षा विभाग प्रमुख सुजनराज खनालले स्वागत मन्तव्य तथा कार्यक्रमबारे जानकारी दिएका थिए। ।
कार्यक्रम पश्चात् चन्द्रगिरि थ्रि डि आर्ट म्युजियमले प्रतियोगी विद्यार्थीहरू तथा कार्यक्रममा उपस्थित शिक्षकहरुलाई थ्री डी आर्ट म्युजियमको निःशुल्क अवलोकन भ्रमण गराएका थिए। जसको संयोजन म्युजियमका सञ्चालक शिवराम गिरीले गरेका थिए । प्रतियोगीहरूलाई सहभागी एबम् उत्कृष्ठ बिधार्थीहरुलाई नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_EWKDOZ6PuI_w55c1owavptu2kvcniwrjsfn8njwxundtj3h4xydbe00uq6a8o56thtkln1b.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_nPGPDzTMvE_np6twyypsrvee0c8ynpn3swikgqxtn9wwyfdymfybovmanzkdqnwrnxpxz02.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया