गोल्डेन फ्लावर स्कुलका शिक्षकहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम
सुन्नुहोस्
Powered by
ONE
चन्द्रागिरी नगरपालिका १३ मा सञ्चालनमा रहेको गोल्डेन फ्लावर स्कुलले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डि आर्ट म्युजियम र थानकोट पार्कको अवलोकन भ्रमण गरेका छन् ।
विद्यालयका बिनिता बस्नेतको नेतृत्वमा गएको टोलीले बुधबार म्युजियम भ्रमण गरेको हो ।
भ्रमण टोलीमा बस्नेत, श्रीधरा पराजुली, रोशीका श्रेष्ठ, बन्दना कटवाल, सीता सुवेदी, मिना दियाली, रेखा बस्नेत, यशोदा आचार्य र रोशिका श्रेष्ठ सहभागी थिए ।
अवलोकन पश्चात् बस्नेतले म्युजियम निकै कलात्मक रहेको र अवलोकन भ्रमण निकै रमाइलो भएको प्रतिक्रिया दिइन् ।
थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।
प्रतिक्रिया