एडभान्स स्कुलका विद्यार्थीहरुले गरे थ्रिडी आर्ट म्युजिएम भ्रमण
काठमाडौं । एडभान्स विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले भत्तपुरमा रहेको थ्री डी आर्ट म्युजियम भ्रमण गरेका छन् ।
विद्यालयको कक्षा UKG र कक्षा १ का ४७ जना विद्यार्थी सहितको टोलीले म्युजियम अवलोकन गरेको हो । भ्रमणका क्रममा उक्त विद्यालयका विद्यार्थीहरूले करिब २ घण्टा म्युजियम भित्र बिताएका थिए ।अवलोकन पश्चात् विद्यालयकी शिक्षिका अनिशा श्रेष्ठले म्युजियम निकै मनोरञ्जनात्मक रहेको र शैक्षिक भ्रमण निकै रमाइलो भएको प्रतिक्रिया समेत दिइन् ।
थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।
प्रतिक्रिया