कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो

काठमाडौं
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एनपीएलको आजको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेटले हराएको हो । कर्णालीको यो तेस्रो जित हो भने पोखराको यो तेस्रो पराजय हो । जितसँगै कर्णालीले प्ले अफ सम्भावना बलियो बनाएको छ ।
पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि च्याडविक वाल्टनले ४२ रन बनाए । गुल्शन झा ४९ रनमा अविजित रहे ।
पोखराका लागि विपिन खत्री, च्याडविक वाल्टन र कुशल भूर्तेलले १–१ विकेट लिए । यसअघि ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १०३ रन बनाएको थियो । पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिज गौसले २५ रन बनाए । रेमन रेफरले २० रन बनाए । अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।
कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ४ ओभरमा ३१ रन खर्चेर ६ विकेट लिए । कप्तान सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_aY1Xk56Jda_gh5ykfdhogpnuw9mwfiiyvofylzn6lyx3ldedflfm7tjhtt1d7bewrmlw37m.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_Kf3Z7PbGiq_b0oxylf1xbmtlq94ubzpjhmek9ag11udvtsxy4mkviwq75ee7ezlmo4876es.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_LGXA88drEL_wklsgndpm7saadpedjysvhwojpapo0wfco3na5uo56qyathjkoavnlzkk6mn.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_qnSn6L8Zde_tqcuoxzfwqy4wm1kevdkldngodyzwiqkkr3p9hvfwvvlapsxxnlisgxbagpy.jpg)
प्रतिक्रिया