फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो १ बजे कीर्तिपुरमा सुरु हुनेछ।
जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ।
यता लिगको सुरुवाती खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ।
जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो। सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ। आज जनकपुरका लागि कप्तान अनिल साहले एनपीएलका बाँकी खेल गुमाउने भएका छन्। जारी प्रतियोगितामा जनकपुरलाई क्वालिफायरमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका अनिलको हातमा चोट लागेको छ।
अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । नेपाली टिमका ओपनर समेत रहेका अनिलले लिगको पछिल्लो खेल भने खेलेका थिए। उनी सो खेलमा आठ रनमै आउट भएका थिए।। त्यो खेलमा आउट हुँदा उनको हातमा चोट लागेको हो। अब उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ।
यता एलिमिनेटरमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ। विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ।
क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिबार हुनेछ।
उद्घाटन देखिनै हजारौँ नेपाली क्रिकेट दर्शकको साथ पाएको एनपिएलको प्लेअफ चरणका खेलमा दर्शकको चाप झनै बढ्ने देखिएको छ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो। विभिन्न देशका ४० भन्दाबढी खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ।
यस्तै उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ।
एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ।
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_y03JOVgRCU_zrx6qxdmijj6jzoblhxpyoksuorfnyokyxsaw36nknsuccxcd8a9bkpwxhda.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_gq8jKaV8qG_ce2oscehsl1kbkvmu5eluhqmxjvvnavldmoaqstnt7guy7wwvabeo8ixukyg.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_RvTOizhKqd_xtxvbbg9uzzfsn7hcmvghz0ggyurspee9ahafqftbsg11m82amv66c1tlnfn.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_StTOASW133_3xiwutqbnlun0ne1eh3l6e9aj6m2ix3llhaxesrvua2ybo0xw7hyk9pryjna.jpg)
सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै
_oJ3bYrw9Vb_hcatfhdpmu61fxulpkr1ehaabo9yw7uhfmzeusatl5eq8pmam46a0xos5cnu_aMJG6iomm2_ur7sgelosjmj8c9hptvsehsjqlrsaovzzzajduwlv4zkf41r6e1xumxbadsb.jpg)
सभापति कप फुटबलको उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटाबीच प्रतिस्पर्धा हुने

मध्यरातमा सामाजिक सञ्जालमा सन्दीपको भावुक स्टाटस
%2520(1)_QrGmBl7FhN_f2lnusqcjcuoiyopljdrj24fv4cn26vdvzgpoithdswbrmjppms0ellb8cjz_VYhNQiLWtB_o80urn6bhclejkkzjw2ms990dk7irbbysqbatp8u47hnca1gusfq7jf4bflg.jpg)
नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु
_tEYYLSu6cp_003bduyp4wsepfewa1aoosnwjhfrr9nosiix5gkxgxxcd3qno81tzqphl7wc_MnJrWjQM7m_mstzvup4dwfrkblpbkupn6uqns7nnuhvxsodsg4dmwlpt6hmtjxvqb7fnl5s.jpg)
प्रतिक्रिया