वीरसेवा स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम
काठमाडौ ।
वीरसेवा स्कुल शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् ।
नागर्जुन ६ मा अवस्थित यस स्कुलका शिक्षक तथा विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियम र थानकोट पार्कको शुक्रबार शैक्षिक भ्रमण गरेका हुन् ।
विद्यालयकी शिक्षिका सहिना शाक्यको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले बुधबार म्युजियममा शैक्षिक भ्रमण गरेको हो ।
भ्रमण टोलीमा शिक्षकहरू चन्द्रा क्षेत्री,प्रकाश तामाङ, नविन विके लगायत सहभागी थिए । उनीहरूका साथमा विद्यार्थीहरू सहभागी थिए ।
अवलोकन पश्चात् क्षेत्रीले म्युजियम निकै कलात्मक, मनोरम र मनमोहक रहेको बताइन् । उनले यस म्युजियममा विद्यार्थीहरूले कलाका बारेमा निकै जानकारी पाउनुका साथै रमाइलो समेत गरेको बताइन् ।
थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।
प्रतिक्रिया