एनकेएलले कबड्डीको विकाससँगै देशको पहिचान बढाउछ : चेयरमैन बेगानी
_mPAa73MT7G_consxtowfa008iu07ea28pdybzvgoisa1g5wk0vjebmw6m8izwhr4nuzl7tz_UZrCxW5QP0_62b1xcaeqn28mvqlrrxqdsryoccfavomsnkgop19tz0j5uctrt1hcioxhiu6.jpeg)
काठमाडौं ।
नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ । क्रिकेट, फुटबल र भलिबलपछाडि फ्रेन्चाइज टिमको अवधारणमा ल्याइएको एनकेएललाई लिएर यसका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमैन अमितकुमार बेगानी निक्कै उत्साहित छन् । क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको विश्वास छ । कबड्डीको विकाससँगै देशको पहिचान र खेलाडीको भविष्यका लागि पनि एनकेएल आयोजनामा अगाडि बढेको उनी बताउँछन् ।
विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’को नेतृत्व गरिरहेका उनले एनकेएलको पहिलो संस्करणमा तीन करोड रुपिया बढी लगानी हुने उल्लेख गर्दै लगानी फिर्ताभन्दा पनि खेलको विकासलाई जोड दिइएको बताए । देशको तराई र पश्चिमी क्षेत्रमा लोकप्रिय रहेको खेल कबड्डीमा अनुसन्धान गरेपछि एनकेएलको तयारीमा जुटेको उनको भनाई छ ।
उनले भने, ‘अनुसन्धान गर्दा नेपालमा २० हजार बढी खेलाडी पाइयो । कबड्डी काठमाडौंमा पनि खेल्छ, दक्षिण एसियामा भूगोल सुहाउँदो पनि छ । भारतमा क्रिकेटपछि सर्बाधिक हेरिने खेल कबड्डी नै हो । त्यसैले हाम्रा खेलाडीलाई त्यो स्तरमा पुर्याउने अवसर छ, जसले नेपाली टिमलाई मनैदेखि बलियो पार्नसक्छ ।’ एनकेएल माघ ४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ, जसमा ६ सहरका ६ टिले प्रतिस्पर्धा गर्दैछन् । सबै टिम बिक्री गरिएको पनि उनले बताए । प्रत्येक टिमको फ्रेन्चाइज शुल्क ३५ लाख भएको जानकारी दिएको छ ।
त्यस्तै, आयोजनामा तीन करोड रुपियाभन्दा बढी खर्च हुने एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयमरेन बेगानीले बताए । गत वर्ष नै एस्ट्रोनिक्स म्यानेजमेन्टले अखिल नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गर्दै एनकेएल आयोजनाको अधिकार लिएको थियो । भारतका प्रो कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर एनकेएलमा नेपालीलाई तयार पारिएको छ । प्रो कबड्डी लिगबाट प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षकले ट्रेनिङ दिइरहेका छन् ।
नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन् । उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए । एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन् ।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।
यसपाली एनकेलमा कुल १९ खेल हुनेछ । उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन् ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_vAZjqoVhIx_yprggaxz6nzfewxigyzhaswpusiycjx8jkllthbrz2xghnx5x7gm2sgcs7bw.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_mqBVqI73ow_2xoeytdqqjrevlzdtomdjot9fnmz5iejwd7neg4acampbbp3s5jovpesssbr.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_qV1T8Dy5S5_x7ytcdewrjdvsqebgt3gnz3qdpdvzla04szvnqrmus59fawmmxrg4nxrdcjs.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_MJI2bZ2Sts_bukrdzayuwzy5mzmzgwouranqyl1awv71e9qdjauqwmtbg4nsqjv0wet4yvp.jpg)
प्रतिक्रिया