त्रिवि क्रिकेट खेल मैदानमा कलाकार र नेताहरु आमनेसामने
%2520(4)_ksugalpnnt_c6et23ji1cqm7xkf0sz2rxpe7pyjbb8hhne755epdlsslt4eejfiqop13hby_7gcjIqtCmJ_gvvvgux1yjffvimwpx360vmjalokdkzsvdboqd1ox4syco3h5dvyki58dh4l.jpg)
काठमाडौं ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ । राजनीतिक दलका नेता र कलाकारहरुबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । खेल यही माघ ७ गते देखि प्रारम्भ हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा आएका गायक आनन्द कार्कीले खेल र खेलमैदानले देशको इज्जत राख्ने बताए । उनले खेलमैदानलाई सबै मिलेर व्यवस्थित बनाउनुपर्ने बताए । उनले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु । खेलकुद क्षेत्र र संगीत मिलेर अगाडी बढे देशमा एक किसिमको राम्रो सन्देश दिन सकिन्छ ।’
‘खेलमैदान हाम्रो देशको इज्जत हो । यसलाई सबै मिलेर बनाउनुपर्छ । सरकारको तर्फबाट होस् या नीजि क्षेत्रबाट होस् सबै मिलेर काम गर्नुपर्छ । यो हाम्रो आवश्यकता पनि हो । हाम्रो राम्रो ग्राउड नै छैन । यसलाई व्यवस्थित हिसाबमा लिएर जानुपर्छ ।’
अर्का कलाकार विमलराज क्षेत्रीले नेपाललाई खेलकुद हब बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘खेलकुद र संगीत दुबै क्षेत्रमा आकर्षण छ । खेल र गीत संगीतले मनोरञ्जन दिन्छ । तनावहरुलाई कम गर्छ । त्यही भएरपनि नेपाललाई खेलकुद हब बनाउनुपर्छ । वातावरणीय हिसाबले पनि नेपालमा हरेक सिजनमा हरेक गेमहरु आउट डोर खेल्न सकिन्छ । ’
नेविसंघका अध्यक्ष दोजुङ शेर्पाले क्रिकेट प्रतियोगितामामार्फत जलवायु परिवर्तनले गर्दा नेपाललाई परेको असर र लागूपदार्थ दुव्र्यसनीमा फसेका युवाहरुलाई चेतना फैलाउने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगितामा तीनवटा देशका विश्वविद्यालयहरु सहभागी हुँदैछन् । नेपाल, भारत र बङगलादेशका विभिन्न विश्वविद्यालयहरु सहभागी हुँदैछन् । यसले नेपालको ग्रास लेबलका क्रिकेटरहरु अर्थात विद्यार्थीहरुले आफ्नो क्षमतालाई प्रदर्शन गर्न पाउनु भएको छैन् । त्यसका लागि हामीले मैदान बनाएका हौं । संगसंगै अहिले बढ्दो जलवायु परिवर्तनले गर्दा सबैभन्दा बढी असर नेपाललाई परेको छ । यसैमार्फत संसारलाई म्यासेज दिनुपर्छ साथै अहिले बच्चाहरु लागुपदार्थ दुव्र्यसनीमा लागेको देखिन्छ । त्यसैका लागि पनि प्रतियोगिताले सन्देश दिनेछ ।’

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_xEy0630QWU_nxtwrdpu9ukzs7qwgxdbuzoa9qt1qowkpsi1s9muzy780jjk8593bvcufcjl.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_rCvnnTAMya_xmivgebbvnvtolxopauodlnw3ltuajx4zrgmsxzmmybvxxttrfjsiu58zibr.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_jiVZr0I4lF_zloifo7ilcmz6bmiwjyidaqmxufvlvtlvqxj19joojzdhsfhe2zzuswt02p1.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_aK7h8WYNTR_xrakg5n6g2ytjtmitkfc8cggowz9rgwulhccadbnkti7vg0trmziduneg4n3.jpg)
प्रतिक्रिया