धरानका मेयर सिंहदरबार पुगे, रित्तो गाग्री भने प्रहरीले खोस्यो


काठमाडौँ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् ।  मंलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका हुन् । 

उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए । उनको गाग्री भने प्रहरीले खोसेको छ ।  मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन् । 
 

प्रतिक्रिया

सम्बन्धित