राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत भक्तपुरमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता हुदै

भक्तपुर,
राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत भक्तपुरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना हुने भएको छ । वातावरण संरक्षण एबम् बिभिन्न सामाजिक श्रेत्रमा बिगत लामो समयदेखि अनबरतरुपमा सामाजिक काम गर्दै आएको अभियानले एक सय हप्ता पूरा गरेको अवसरमा १००औ हप्ता बिशेष कार्यक्रमको पुर्ब सन्ध्यामा भक्तपुर जिल्लाब्यापि अन्तर बिघालय स्तरिय चित्रकला प्रतियोगिता आयोजना गर्न लागेको हो।
‘वातावरण प्रदूषण र प्रकोप न्यूनीकरणमा मानवीय भूमिका’ विषयमा हुन लागेको चित्रकला प्रतियोगितामा सहभागि बिधार्थीहरुले बनाएको चित्रलाई बिशेष समारोहका साथ १००औ हप्ताको कार्यक्रमका प्रर्दशनी समेत गरिने अभियानका अध्यक्ष मधु ढुंगेलले बताए । मिड भ्याली कलेजको मुख्य प्रायोजनामा हुन लागेको चित्रकला प्रतियोगितामा भक्तपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो कलात्मक प्रतिभा प्रदर्शन गर्दै प्रदूषण नियन्त्रणमा मानवको भूमिका झल्काउने चित्रहरू प्रस्तुत गर्ने अवसर पाएका छन्।
कार्यक्रमको प्राविधिक सहयोग भने नेपाली कला र संस्कृतिको प्रवर्द्धन तथा अनुसन्धानमा कार्यरत संस्था आर्टशाला नेपालले गर्नै बताइएको छ । काठमाडौ, हेटौडा , नुवाकोट लगाएतका शहरहरुमा थ्रि डि आर्ट म्युजियम बिकासका साथै देश बाहिर समेत भित्ते चित्र , कला प्रर्दशनी , उपत्यकाका बिभिन्न स्थानहरुमा भित्तेचित्र एबम् बिघालयस्तरमा कलाका बारेमा बिगत ८ बर्ष देखि बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले प्रतियोगितको र प्रर्दशनीको समेत ब्यबस्थापन गर्न लागेको हो ।
कला प्रतियोगिता एबम् प्रर्दशनीले बिधार्थीहरुमा प्रदूषण नियन्त्रणको महत्त्वबारे जनचेतना फैलाउनुका साथै कला र सृजनशीलताप्रति रुचि बढाउने विश्वास गरिएको छ। राष्ट्रको लागि दुई घण्टा अभियानले नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा यस किसिमका कार्यक्रमले दीर्घकालीन योगदान पुर्याउने उल्लेख गरेका छन्।
माघ १५ गते सञ्चालन हुने प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने अभियानका उपाध्यक्ष नरेश रञ्जितले जानकारी दिए। एक विद्यालयबाट एक छात्र र एक छात्रा गरी दुईजना सहभागी हुन पाउनेछन्।
प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु १५ हजार र तृतीय हुनेलाई रु १० हजार प्रदान गरिने अभियानका महासचिव नवराज काफ्लेले जानकारी दिए।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_hW3FU0V6fS_bbdixax1yijfz7ls8qtj5fkyokibid02hm9lbqeywy40qgeod4klrbb6gewh.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_Fc5ZNShcLO_bqblaj6xyrlhyjbafrtqpjuxdfvauccljwtl0basriyuns8eaej2vgdoqhy1.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया