राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत भक्तपुरमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

भक्तपुर,
राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत भक्तपुरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ । वातावरण संरक्षण एबम् बिभिन्न सामाजिक श्रेत्रमा बिगत लामो समयदेखि अनबरतरुपमा सामाजिक काम गर्दै आएको अभियानले एक सय हप्ता पूरा गरेको अवसरमा १००औ हप्ता बिशेष कार्यक्रमको पुर्ब सन्ध्यामा भक्तपुर जिल्लाब्यापि अन्तर बिघालय स्तरिय चित्रकला प्रतियोगिता आयोजना गरेको अभियानका अध्यक्ष मधु ढुंगेलले बताए ।
मिड भ्याली एस एस कलेजको मुख्य प्रायोजना र आर्टशाला नेपालको प्राबिधिक सहयोगमा सम्पन्न चित्रकला प्रतियोगितामा भक्तपुरका बिभिन्न नगरपालिका अन्र्तगताका ४० भन्दा बढि बिघालयका ८० जना, कक्षा ६ देखि ९ सम्मका बिधार्थीहरुको सहभागिता रहेको थियो ।
ललितकला प्रज्ञा प्रतिष्ठानका समसामयिक चित्रकला बिभाग प्रमुख प्राज्ञ सञ्जय वान्तवा राईको प्रमुख आतिथ्यतामा सम्पन्न ‘वातावरण प्रदूषण र प्रकोप न्यूनीकरणमा मानवीय भूमिका’ विषयमा चित्रकला प्रतियोगितामा सहभागि बिधार्थीहरुले बनाएको चित्रलाई आगामी शनिबार सुर्यबिनायकको यो यो पार्टी प्यालेशमा हुने १००औ हप्ताको बिशेष समारोह कार्यक्रमका साथ चित्रकला प्रर्दशनी एबम् प्रथम , दोस्रो र तृतीय हुने सहभागी बिधार्थीहरुको घोषणा समेत गरिने अभियानका अध्यक्ष मधु ढुंगेलले बताए ।
कला प्रतियोगिता एबम् प्रर्दशनीले बिधार्थीहरुमा प्रदूषण नियन्त्रणको महत्त्वबारे जनचेतना फैलाउनुका साथै कला र सृजनशीलताप्रति रुचि बढाउने विश्वास गरिएको छ। राष्ट्रको लागि दुई घण्टा अभियानले नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा यस किसिमका कार्यक्रमले दीर्घकालीन योगदान पुर्याउने उल्लेख गरेका छन्।
प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु १५ हजार र तृतीय हुनेलाई रु १० हजार प्रदान गरिने अभियानले जनाएको छ ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_EWrsUgQ7Xo_lxv0qalxtcxvx8blyggxmtrextkelxtbmobmx48mdkponq7nd26c9ma0ect9.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_COnEW8wT4U_ncnt2zjlhnrjhzjgs3zvamcvd7bntw6d2lhhnygsakm89rtl1sjam4l4uflv.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया