नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु


काठमाडौं ।

‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’ को छैटौं संस्करण आज(विहीबार)देखि काठमाडौंमा सुरु भएको छ । दरबारमार्गस्थित क्युएफएक्स सिनेमा राईजिङ मलमा बागमती प्रदेशका बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारीमन्त्री बिमल सुवेदीले फेस्टिभलको समुद्घाटन गरेका हुन् । 

कार्यक्रम उद्घाटनपछि उनले सो फिल्म फेस्टिभलले पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।  त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ’नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको छैटौं संस्करणमा आइपुसग्दा ९८ वटा सिनेमा ४८ देश र ३० वटा अवार्डसहित फेस्टिभलको सुरु भएको जानकारी दिए । विदेशीहरुको आकर्षण देखेपछि सहयोगी हातको रुपमा चलचित्र बोर्डले हात बढाएको उनको भनाई छ ।

उनले भने,‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको छैटौं संस्करणमा आइपुग्दा ९८ वटा सिनेमा ४८ वटा देश र ३० वटा अवार्ड कार्यक्रम भएर सम्पन्न हुन गइरहेको छ । यसमा विदेशीहरुको आकर्षण देखेपछि सहयोगी हातको रुपमा चलचित्र बोर्डले हात बढाएको छ । यो हाम्रो धर्म पनि हो ।’ 

फेस्टिभलमा लघु फिल्मसंगै कथानक फिल्म, वृत्तचित्र, एनिमेटेड फिल्मलगायत महिला, बालबालिका, मानव अधिकारका फिल्महरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन् । 
फेस्टिभलको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट फिल्म निर्देशक निपोन धौला, जर्मनी फिल्मकर्मी फाविन मात्थियस र फिल्मकर्मी इभिन बिराजी, बेलायतबाट फिल्म लेखक तथा निर्देशक लुइसा प्रिटोलानी, क्यानडाबाट फिल्म निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट फिल्म निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट फिल्मकर्मी इरिना बेराजी रहेका छन् । 

नेपालबाट निर्णायकको रूपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, फिल्म निर्देशक दीपेन्द्र के.खनाल, अभिनेता प्रदीप खड्का, टेलिभिजनकर्मी टीकाराम यात्री, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् । फेस्टिभल माघ १९ गतेसम्म चल्ने छ । 
 

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…