शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_Mq757khGcM_8zmdxiwmtsck31vyapbebwx0hpwurayrfwqi6f3yg9jxr3hqma8seopm7vdt.jpg)
काठमाडौं ।
चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलाडी खेलकुदमा नेपाली खेलाडीले शनिबार सन्तोषजनक प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालका तर्फबाट कुल चार खेलाडीको सहभागिता रहेको थियो । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा आएका छन् ।
उनले दुवै रन एक मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे । त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा दुई खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् भने थप चार खेलाडी छनोट भएनन् । यस्तै रन–वान ११ खेलाडीले पूरा गर्न सकेनन् । त्यसमा नेपाली खेलाडी चोवाङ मिङग्युर तामाङ पनि रहे ।
यस्तै रन–वानमा अन्य दुई खेलाडी छनोट हुन सकेनन् । महिलातर्फ सहभागी दुवै खेलाडीले स्पर्धा पूरा गरेका छन् । त्यसमध्ये देबोरा तिमल्सिना ३४ र लक्ष्मी राई ३५ औं स्थानमा रहिन । देबोराले दुवै रन तीन मिनेट ७.०६ सेकेन्डमा पूरा गरिन् । यस्तै लक्ष्मीले तीन मिनेट २२.१३ सेकेन्डको समय निकालिन् ।
स्पर्धा पूरा गर्ने कुल खेलाडी पनि ३५ नै रहेको थियो । उनीहरूको पछाडि रन–टु पूरा नगर्ने तीन र रन–टुमा छनोट हुन नसक्ने तीन खेलाडी रहे । रन–वानमा भने दुई खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् भने दुई खेलाडी छनोट नै हुन सकेनन् ।
यसबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको पुरुष अल्पाइन स्किङ स्लालम र महिला पाँच किलोमिटर क्रस कन्ट्रीका विजयी खेलाडीले पदक पनि वितरण गरे । श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को ओसीए स्पोर्टस एन्ड इन्भारोमेन्ट कमिसनका अध्यक्ष समेत हुन् ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_kUfRIU3KnL_j06mgz0h6ohdqflbprg3f9kukzdivy9i5zyf90qowahsxim0q6cinuxbwbby.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_jE0Vtp73hG_0jwutopsmo2v9ig9mo2waxm5unuigtwst52v7rpfkquenxfdyo60afryk5ul.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_rSuAHZs5cX_khz4lsrk3uymwmayxie72uliljuufurg32tzymu721uvbbrpko7pe70ixlmi.jpg)
सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै
_oJ3bYrw9Vb_hcatfhdpmu61fxulpkr1ehaabo9yw7uhfmzeusatl5eq8pmam46a0xos5cnu_n7si8Wtm1H_owgjssreziliwpmqmo2yrxhkyhixs86qnynrcaplgmilwmqouvzb49iu2dyt.jpg)
प्रतिक्रिया