बेरोजगार युवालाई रोजगारको लागि पालिकामै ड्राइभिङ तालिम
_uwel2Jtk8m_zp2dsxmuknvcvqbiaukdy3vr1r6fop3fklliyvzgr08fgqm8itilb1cvgfki_VtfOwJdRwa_tsisoldrsaxejuycoh5ibc3trqppohg79qzwursrvgjhydeqc9lze6tqdvo3.jpg)
मुगु ।
गाउँमा रोजगारी नपाएर यूवा बिहीन गाँउ हुन थालेपछि कनकासुन्दरी गाउँपालिकाले पालिका भित्र रहेका बेरोजगार यूवालाई स्वरोजगार बनाउनका लागि ड्राइभिङ तालिम दिएको छ । यूवालाई गाउँमै स्वरोजगार बनाएर आत्मनिर्भर भएर जीविकोपार्जनमा सुधार ल्याउन विपन्न गरीब बेरोजगार यूवालाई ड्राइभिङ तालिम दिइएको हो ।
जुम्लामा पछिल्लो समयमा गाउँगाउँमा सडक सन्जाल जोडीएपछि यातायातका साधनहरु बस्ती बस्ती पुग्न थालेपछि ड्राईभरको माग बढी रहेको अवस्थालाई मध्यनजर गर्दै ड्राइभिङ तालिम दिइएको हो । सिप सिकेर कार्यान्वयनमा ल्याएपछि आम्दानी वृद्धि गर्न सकिने सम्भावना भएको हुँदा ड्राईभर पेशा सम्भावनालाई अवसरमा बदल्न तथा यूवालाई गाउँमै स्वरोजगार बनाउनका लागि क्याड नेपाल जुम्ला र कनकासुन्दरीगाँउपालिकाको सहकार्यमा बेरोजगार यूवालाई ड्राइभिङ तालिम दिएको हो ।
एक जना महिलासंगै आठ जना यूवालाई एक महिने ड्राइभिङ तालिम दिएको छ । तालिम पाएपछि गाउँमै केही गर्ने ईच्छा शक्ति पलाएको वर्षसनराज बुढाले बताए ।
उनले भने, ‘सबै गाउँ छोडेर पलायन हुँदा आफूलाई पनि जाउँ जाउँ लाग्थ्यो । एक महिनाको ड्राईभिङ तालिम पाएपछि अब ऋण जोहो गरेर पनि गाउँमा अटो संचालन गर्ने सोचमा छु । धेरै यूवाले अटो चलाएरै घर परिवार चलाएको देखेको छु ।’
कनकासुन्दरी ३ की सरस्वती बुढाले तालिम कार्यान्वयन गरेको खण्डमा कनकासुन्दरीकी पहिलो महिला चालक बन्ने भएकी छिन् । गाउँमा महिला चालक भएपछि कुरा काट्ने चलन छ । उनले भनिन्,‘महिलाले गाडी चलाउनु हँुदैन् भन्ने गाउँको संकिर्ण सोच तोड्ने प्रयासमा छु । धेरै महिलाले डोजर टिप्पर बस चलाएको पनि देखेको छु । ढिलो चाडो सिपको प्रयोग अघि बढाउने सोच छ ।’
क्याड नेपालका अध्यक्ष कृष्ण बहादुर महतले काम विहिन यूवालाई स्वरोजगार बनाउन ड्राइभिङ तालिमको योजना बनाइएको बताए । एक महिने तालिम सिक्न महंगो खर्च लाग्थ्यो । तर क्याड नेपालले निःशुल्क रुपमा तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम दिएको उनको भनाई छ । आफ्नो सीप क्षमतालाई व्यवहारमा लागू गरेमा आर्थिक आम्दानी र जीविकोपार्जनमा सुधार हुने उल्लेख गरे । यूवाहरु सीप रोजगार नपाएर पलायन भईरहेको अवस्थामा सवारी चलाएर घर परिवार चलाउन सक्ने ईच्छा भएका यूवालाई तालिम दिईएको महतले बताए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_HEruE8t2LL_fs1vjhpotzhm9ldvpwqp5mt1qwnl9a1n2gcflshy6ekb1ejqt2w5tbuqk1tj.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_Nqo7ZwoqTu_znzmocti2stanpu6qqkjjbmpq9jzu5vdiv81yblt2ljvgaorr8dc7ajkutvg.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_gzTLU3gPG7_c045jff4lrij54ttrxrgieaco5mvzqjgi8z3qqsq5zzczq8hdonyky8xkwr9.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_WJPJYTzIC9_zr8hb9bb1zsvbzglcmiuq5wno1uqkejdmlnpxcbtmlyomgglxoca4lonzvaj.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_b20dYD17N3_fanvrqzofhc5k2na3xyeceaoawxd8reczwofvuydchuz2roo2zexxe8ogowt.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_4k2R4GpDOX_myzmrn4e3vlan6owmufnqkn4ukhtbm0dding8dgpwqmpbeavgzs6btixuybc.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_spk2D6OG8c_ze6dlzvzjit6xvtfh9m6limghbu8i8u0adovzkki0bgdm8aoneqbuguodqpc.jpg)
प्रतिक्रिया