रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब
_0w3FTcvmKD_5g9zijy4eriaz4ru1d5eld5fcj7qfknvslss3bbybzgoogzbbh6sfhjbtipx_J3qFNbBqnn_zwxva2vck3vmbjgiynydaicfc4appoao6kdriu2lexvjqycexqk2x5dc20te.jpg)
रामेछाप ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा तत्कालीन सरकारले सञ्चालन गरेको ‘गाउँ–गाउँमा सहकारी, घर घरमा भकारी’ अभियानको समयमा सरकारी अनुदान लिन खोलिएका रामेछाप नगरपालिकाका ३५ वटा सहकारी संस्था अहिले सम्पर्कविहीन भएका छन् ।
तत्कालीन सरकारले तत्कालीन एउटा गाविसको एउटा सहकारी संस्थालाई १ लाख रुपैँया अनुदान सहयोग दिने निर्णय गरेको थियो । त्यही सरकारी अनुदान लिन बनेका सहकारी अहिले सम्पर्क विहीन छन् । हाल ती सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा नै नरहेका रामेछाप नगरपालिकाले जनाएको छ ।
एक लाख रुपैँयाको दरले सरकारी अनुदान लिएका ती सहकारी संस्थाले सो रकम कहाँ खर्च गरे त्यसको खोजी हुनुपर्ने महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
ती सहकारी संस्थाहरूलाई प्रचलित कानुन बमोजिम सम्पर्कमा ल्याई शेयर सदस्यहरूको लगानी र बचत सुरक्षाको प्रत्याभूति गर्न महालेखाले रामेछाप नगरपालिकाको ध्यानाकर्षण समेत गराएको छ ।
यसरी सरकारी अनुदान लिएर सम्पर्कमा नआएका र सहकारी संस्थाहरूले बचतकर्ताको कति बचत सङ्कलन गरेका थिए भन्ने अभिलेख समेत छैन् । सहकारीले आफ्नो रकम नदिएको भनि नगरपालिकामा कुनै उजुरी नआएकोले नगरपालिकाले त्यसको खोजबिन पनि गरेको छैन् ।

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_EcYblP7lEE_iysguxrkmu1vcik9wnnlreisqoobtwhoddbttqdq12fph3ir2nlzcjidq3zx.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_eyJAtw4LAC_zaglraliig4kygkgoxybldslmul0qsyhiux0ai4mxpnvbeejfmbpjvtgharz.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_T9ce541aRP_4hozfdjc3hxcarpyhh3aehzzznpxv9yheqea3tw2s75mkq2ivbqzfreivbqz.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_cV3JpSGcGa_eoiitrpbgor3k16ohqs5wpuvtz63akrblyze8hzjzqvxdu9q2tmwsoyli2ot.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_iPeX83rz25_cdasxf1afznmqxoy0ehtqmbn0jlvria8tibntd09inxo0vco7fz2d5erdyis.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_rrsfCOR83l_t6selw1ftdguhum2vgtg8fojiyen7y2kwpmjl0nzyi3litgxdsb1e2xwxscz.jpg)
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
_ZmveNKDqRZ_mts4lqtrk7ozmriy8wmlplzh0tdcrtbldz2h6rthoczao3ybldujuz4h39km_O17uUwDJyq_ntzdpt9e1gvaorsgtezabtnhfestlpwm4fxbzgetwnatxffyuwdtd9wqavp3.jpg)
प्रतिक्रिया