हर्सोल्लासका साथ भक्तपुरमा बाम गठबन्धनद्धारा मनोनयन दर्ता
भक्तपुर : आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज ४५ जिल्लामा हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन दर्ता भयो । झाँकी सहित दलका उम्मेद्वारले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराए। भक्तपुरमा पनि बाजा गाजासहित बाम गठबन्धनले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभामा दुईवटा क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नंम्बर १ मा माओवादी केन्द्रका मिलन सुवाल र क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी प्रदेश सभाका लागि क्षेत्र नम्बर १ क मा माओवादी केन्द्रमन डिवीप्रसाद ढकाल, ख मा रोमन सिलाकारको उम्मेदवारी परेको छ भने क्षेत्र नम्बर २ क मा एमालेका शशिजंग थापा र २ ख मा राजेन्द्रमान श्रेष्ठको उम्मेदावरी परेको छ ।
प्रतिक्रिया