कांग्रेसका आँखा यि नेताहरुमाथि
काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन उर्जाशील बनेको छ । कम्युनिष्ट पार्टीहरू अधिनायकवाद ल्याउनेतर्फ अग्रसर भइरहेका बेला नेपाली कांग्रेसले यसलाई अवसरका रुपमा लिएको हो । स्थानीय तहको निर्वाचनमा अन्तरघात र असहयोगका कारण समस्यामा परेका कांग्रेसका मतदाताहरू यसपटक नेताहरूको व्यक्तिगत स्वार्थमा कदापि लाग्ने छैनन् । नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरूले भन्दा धेरै राम्रा र सक्षम उम्मेदवार बनाएको छ । केही अपवादलाई छाडेर हेर्ने हो भने एमाले र माओवादी केन्द्रका उम्मेदवारभन्दा नेपाली कांग्रेसका उम्मेदवार राम्रा छन् । युवा नेतृत्वलाई पनि टिकट दिइएको छ । एमाले र माओवादीले जसरी दुई तिहाइ बहुमत ल्याएर मुलुकमा कम्युनिष्टरूको अधिनायकवाद लाद्ने कोशिस गरिरहेका छन् ।
त्यसलाई लोकतान्त्रिक दल नेपाली कांग्रेसले कदापि सफल हुन दिने छैन । एमाले र माओवादीको भित्री खेलबाट कांग्रेसका नेताहरू जानकार छन् । नेपालमा कम्युनिष्टहरूको अधिनायकवाद ल्याउने योजनामा अन्तर्राष्ट्रिय समुदायले पनि साथ दिने छैन । नेपालमा कम्युनिष्टहरूको अधिनायकवाद हावी भयो भने त्यसको अर्थ हुनेछ चीनको सिधा हस्तक्षेप । अहिले भारतले हस्तक्षेप गर्दा नेपालमा कहिल्यै राजनीतिक स्थिरता भएको छैन । एमाले र माओवादीले चीनको हस्तक्षेप निम्त्याउँदै छन् ।
यो कुरा नेपाल र नेपाली जनताका कदापि स्वीकार्य छैन ।नेपाली कांग्रेसका मतदाताहरू उत्साहित भएर रुख चिन्हमा मतदान गर्ने गरेर तयार भएको अवस्था छ । गाउँघरतिर नेपाली कांग्रेसको पक्षमा माहोल बढेको देखेर कम्युनिष्ट पार्टीहरू डराएका छन् । कांग्रेसलाई जत्तिकै डर एमाले र माओवादीलाई पनि छ । कांग्रेस अहिले एकजुट हुने अवस्थामा पुगेको छ । बरु वामपन्थीहरूभित्र आन्तरिक फुट भएको छ । त्यो फुटलाई प्रयोग गरेर कांग्रेसका उम्मेदवारहरू जित हुने कांग्रेस नेताहरूले भन्न थालेका छन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा.प्रकाशशरण महत, डा.शेखर कोइराला, महेश आचार्य, प्रकाशमान सिंह, विजय गच्छदार, गगन थापा, राजन के.सी., मोहनबहादुर बस्नेत, भरत शाह, अब्दुल रज्जाक, डा.शशांक कोइराला, देबेन्द्रराज कँडेल, आरजु राणा देउवा, रमेश लेखक, पूर्णबहादुर खड्का, दीपक गिरी, योगे्रन्द्र चौधरी, सुशीला चौधरी, हृदयराम थामी, गोपालमान श्रेष्ठ जस्ता हस्तीले निर्वाचन जित्ने पक्का छ ।
चन्द्र भण्डारी, चन्द्र केसी, चम्पादेवी खड्का, अर्जुनप्रसाद जोशी, विश्वप्रकाश शर्मा, शुम्भ श्रेष्ठ, महोन सिंह राठौर, अभिशेषप्रताप शाह, रामजनम चौधरी, जनकराज चौधरी, वीरबहादुर बलायर, नवीन्द्रराज जोशी, उदय शम्शेर राणा जस्ता युवा हस्तीले जित्ने पक्का छ । उनीहरूप्रति नेपाली कांग्रेसका समर्थकहरूले ठूलो भरोसा गरेको छ । बरु प्रचण्ड, कृष्णबहादुर महरा, शंकर पोखरेल, ईश्वर पोखरेल, बामदेव गौतम, रामबहादुर थापा, शक्ति बस्नेत, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट जस्ता कम्युनिष्ट नेताहरू पराजित हुने अवस्थामा छन् । उनीहरूले आ–आफ्ना क्षेत्रमा जनाधार गुमाउँदै गएका छन् ।
टिकट वितरणमा गरेको अन्यायका कारण उनीहरूलाई समस्या परेको हो । प्रचण्डलाई राप्रपा (प्रजातान्त्रिक)का नेता बिक्रम पाण्डेले पराजित गर्ने ठूलो सम्भावना छ । प्रचण्डलाई फेरि पनि काठमाडौं १० को अवस्था नआउला भन्न सकिँदैन । दाङ २ बाट उम्मेदवार दिन लागेका कृष्णबहादुर महराको जनाधार छैन । महरालाई दाङका मतदाताले भगौडा नेताको रुपमा लिन्छन् । एमालेको पूर्ण समर्थन नहुने हो भने महराले जित्ने कुनै पनि सम्भावना छैन । शंकर पोखरेलको टिकट खोसेका रिस एमालेका कार्यकर्ता र स्वयं पोखरेललाई छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
प्रतिक्रिया