राजेन्द्र महतो गृहजिल्लाबाट बेपत्ता

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतो पराजित हुने अवस्था आएपछि गृहजिल्ला सर्लाही परित्याग गरेका छन् । उनले प्रतिनिधि सभामा सुरक्षित हुन अर्कै जिल्लाको निर्वाचन क्षेत्र ताकेका छन् ।सर्लाहीमा महतोविरुद्ध जनमत गुमाएका महतोलाई हराउन राजपा नेपालकै नेता तथा कार्यकर्ताहरूले अभियान नै थालेका छन् ।

  पराजित हुने संकेत पाएपछि महतोले धनुषा जिल्लाको ३ नं. क्षेत्रमा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । महतोलाई त्यहाँ पनि राजपाका कार्यकर्ताले प्रवेश गर्न नदिने चेतावनी दिएका छन् । पराजित हुने डरले महतोले आफ्नो पक्षमा माहोल बनाइदिन नेताहरूलाई गुहारेका छन् ।

 धनुषा क्षेत्र नं. ३ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको क्षेत्र हो । निधिले सो क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेका बेला महतोले सोही क्षेत्रमा उम्मेदवारी दिन लागेका हुन् । नेपाली कांग्रेससँग तालमेलको नाममा महतोले आफू सुरक्षित हुन धनुषा क्षेत्र नं. ३ दाबी गरेको एक नेताले बताए ।महतोको अलोकप्रियताबाट राजपाका नेताहरूले नै हराउन लागेको खुलासा भएको छ ।

  मधेस आन्दोलनका बेला मृत्यु भएकालाई ५० लाख रुपियाँ दिने भनेर विवादास्पद अभिव्यक्ति दिएका महतोले अहिले शहीद परिवारलाई बेवास्ता गरेका छन् । उनले शहीद परिवार र घाइतेहरूलाई निचा देखाउने समेत गरेका छन् ।आफ्नी पत्नी शैली महतोलाई समानुपातिकमा फेरि पनि सांसद बनाउने तयारी गरेका राजेन्द्र महतोले सालासाली, स्वकीय सचिव, आफन्तहरूलाई समानुपातिक टिकट दिलाएका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित