डन गणेश लामा कांग्रेसबाट बने प्रदेशसभाको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले डन गणेश लामालाई काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (ख) को उम्मेदवार बनाएको छ ।

विजय गच्छदारसँगै कांग्रेस प्रवेश गरेका लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ लामालाई काभ्रेलीहरुको समूहसहित काठमाडौंका बिभिन्न क्षेत्रमा रकमअसुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न भएको आरोप छ।

जिल्लाबाटै सिफारिस भएर आएकाले लामाको नाममा सर्वसम्मति भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित