कांग्रेस र मधेसी दलहरूबीचको तालमेल धरापमा
मनोनयन दर्ता हुनु एकदिन अगाडि अन्तिम दिन तालमेलको प्रयास असफल भएको एक नेताले बताए । तालमेलका लागि राजपा र कांग्रेस नेताहरूबीच बुधबार प्रयास भएको थियो । धनुषा क्षेत्र नम्बर ३ वा सर्लाही क्षेत्र नम्बर ४ मध्ये एक निर्वाचन क्षेत्र छाड्न राजपाले दवाव दिएपछि सहमति हुन नसकेको हो । राजपाले राजेन्द्र महतोलाई जिताउन कांग्रेसको गढ रहेका क्षेत्रहरू माग गर्दै आएको थियो ।
धनुषा ३ मा विमलेन्द्र निधि र सर्लाही ४ मा अम्रेशकुमार सिंहले उम्मेदवारी दिने तयारी गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा राजेन्द्र महतोका अवस्था कमजोर छ । ती दुबै क्षेत्र कांग्रेस बलियो मानिन्छ ।बैठकमा राजेन्द्र महतोलाई एउटा निर्वाचन दिनेपर्ने भन्दै अडान राखेपछि केही समय चर्काचर्की भएको थियो । स्रोतका अनुसार राजपाका नेता राजेन्द्र महतो अब धनुषा ३ नं. क्षेत्रबाट उम्मेदवार बन्ने भएका छन् ।
प्रतिक्रिया