सर्वश्वसहित जन्म कैद सुनाईका ढुंगेल पक्राउ

काठमाडौं : सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजायँ पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले ढुंगेललाई आज विहान करिव ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् । पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ । यो मुद्दा परे लगतै ढुंगेल पक्राउ परेका हुन् । २०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् । ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार थिए । प्रहरीको खोजी सूचीमा रहेका ढुंगेल मंगलबार बिहान साथीलाई भेट्न भन्दै सातदोबाटोस्थित डेराबाट बाहिर निस्किए लगत्तै पक्राउ ष्रेका हुन् । सिभिल ड्रेसमा रहेका प्रहरीहरुले उनलाई पक्रउ गर्ने वित्तकै ढुंगेलले फोन गर्न खोजेका थिए । तर, प्रहरीले फोन गर्न दिएन । ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बस्ने भएपनि ढुंगेल भने सुरक्षाको कारण देखाउँदै सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए । ढुंगेल द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशका आधारमा पक्राउ परेका हुन् । उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले ढुंगेल विरुद्ध मुद्दा दायर गरेकी थिइन् । तर, उनी पक्राउ नपरेपछि हालै अधिवक्ता दिनेश त्रिपाठीले उनलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । माओवादी नेताहरुले द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट गरिनुपर्ने भन्दै ढुंगेलको बचाऊ गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित