ओली र प्रचण्डविरुद्ध एक वर्ष कैदको माग गर्दै सर्बोच्चमा मुद्दा

काठमाडौं ।  सर्वोच्च अदालतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले आज ओली र दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।

अलग अलग मतपत्र छाप्ने कार्य अगाडि बढाउन दिन नहुने भन्ने मनसायले भाषण गरेको हुँदा अदालतको आदेशको मानहानि हुन गएको मुद्दामा उल्लेख छ । साथै, निजहरुलाई अदालतको अपहेलनाअन्तर्गत मुद्दामा एक वर्ष कैद र रु १० हजार जरिवानाको माग पनि गरिएको छ ।लोकपथबाट

प्रतिक्रिया

सम्बन्धित