उद्योगी सूर्य बहादुर केसी र पूर्व मन्त्री खड्का काँग्रेसमा प्रवेश

काठमाडौं : पोखराका चर्चित उद्योगी एवं राप्रपाका पूर्व कोषाध्यक्ष सूर्य बहादुर केसी र पूर्व मन्त्री कुमार खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रमकाबीच के.सी. र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । पोखरामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति एबम प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उप प्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ सहितको उपस्थितीमा आयोजित कार्यक्रममा केसी काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको थालनी भएकाले सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनले भने–‘वाम गठबन्धनले आम सर्वसाधारणमा स्वतन्त्रताको हनन, अधिनायकवादको थालनी गर्ने जस्ता धेरै डर त्रास यतिखेर सर्वसाधारणमा छाएको छ ।’ कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न संघ र प्रदेशको निर्वाचन लोकतन्त्र जोगाउने की अधिनायकवाद तर्फ फर्कने बीचको सिद्धान्तको लडाइँ भएको बताए । महामन्त्री डा शशांक कोइरालाले मुलुकजति समृद्धितर्फ अघि बढ्छ वामपन्थीको शक्ति त्यति घट्दै जाने तर्क गरे । उनले अवको युग आर्थिक समृद्धि र विकासको युग भएकोले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसको चारतारे झण्डामुनि समाहित हुन सबैसँग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित