बाम गठबन्धनलाई बलियो बनाउन एकअर्काको बैठकलाई सम्बोन्ध गर्दै प्रचण्ड र ओली
काठमाडौं : वाम गठवन्धन गरेर चुनावमा उत्रिएका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्षले एकअर्काको बैठकलाई सम्वोधन गर्ने तयारी गरेका छन् । संयुक्त रुपमा निर्वाचन परिचालन तथा प्रचार समिति बनाई प्रशिक्षण चलाइरहेका दुबै पार्टीका नेताहरुले पनि सम्वोधन गर्ने र प्रशिक्षण दिने कार्यक्रम रहेको छ । दुबै पार्टीका अध्यक्षले एकअर्काको बैठकलाई सम्वोधन गर्ने बताइए पनि कहिले सम्बोधन गर्ने भन्ने विषयमा जानकारी दिइएको छैन । माओवादी निकट वाइसीएल र एमाले निकट युवा संघको संयुक्त बैठक बसेर तीन हजार सदस्यीय चुनाव प्रचार समिति हालै गठन गरेका छन् ।
प्रतिक्रिया