बाबुराम आफ्नै कारण संकटमा परेको अध्यक्ष दाहालको भनाई
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराई आफ्नै कारणले संकटमा परेको बताएका छन् । नयाँ शक्तिका नेता बासु पोखरेललाई पार्टी प्रवेश गराउँदै प्रचण्डले डा. भट्टराईका पछिल्ला कदमले स्वयं उनैलाई र उनको पार्टी नयाँ शक्तिलाई संकटमा पारिरहेको बताए । भट्टराईसहित सबै नेता कार्यकर्ताहरु वाम गठवन्धनमा ध्रुवीकृत हुनुको विकल्प नभएको बताउँदै उनले भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताए । कार्यक्रममा माओवादी नेता एवम् गोर्खा क्षेत्रनम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले जितेर मात्र देशको स्थीरता र समृद्धि सम्भव हुने बताए । माओवादी केन्द्रमा प्रवेश गरेका गोरखा सिरानचोकका बासु पोखरेल नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य हुन् । उनलाई नयाँशक्तिले काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा उम्मेदवारको रुपमा अघि सारेको थियो ।
प्रतिक्रिया