अन्नपूर्णको आयोजनामा कार्यकर्ता प्रशिक्षण एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न

भक्तपुर : मध्यपुर थिमी नगरपालिका वडानम्बर ३ स्थित अन्नपूर्ण टोल सुधार समितिको पहलमा आसन्न संघ र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले समर्थक समाजसेवी, वुद्धिजीवीलगायत टोल बासीहरुको भेला तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । टोल सुधार समितिका अध्यक्ष पुष्कर विष्टको अध्यक्ष एवम् सुर्यविनायक नगरपालिका वडा नम्बर २ का वडा सदस्य विश्वराज विष्टको विशेष पहलमा आज उक्त कार्यक्रम सम्पन्न भएहो हो । कार्यक्रममा नेकपा एमाले ३ नम्बर प्रेदेश कमिटि सदस्य तथा पूर्व उद्योग मन्त्री एवम् भक्तपुर दुई नम्बर क्षेत्रका उम्मेदवार महेश बस्नेतको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष तथा प्रदेश सभा(ख)का उम्मेदवार बचन देउजा, सदस्य चन्दनकृष्ण श्रेष्ठ, डा. यादव लामिछानेलगायत बाम बुद्धिजिविहरुको बाक्लो उपस्थिति रहेको थियो । रामेश्वर ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा टोलबासीहरुले विविध स्थानिय समस्या तथा गुनासाहरुका राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महेश बस्नेतले संविधान निर्माण पछिको उपलब्धता र सोको कार्यान्वयनका लागि चल्नु पर्ने कदम, विकास र सम्बृद्धिका लागि नेकपा एमालेको भूमिका, ९ महिने सरकारले गरेको निर्णयहरु, पार्टीको नीति तथा कार्यक्रम, बाम तालमेलको औचित्य र दुई नम्बर क्षेत्रमा पार्टीका तर्फबाट भए गरेका योजनाहरुलगतका विषयमा जानकारी गराएका थिए । सम्बोधनका क्रममा उनले बाम गठबन्धनलाई विजय गराउन पनि सबै पक्षलाई आग्रह गरेका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै उपाध्यक्ष बचन देउजाले नगरपालिकासँग समन्वय गरी विद्यमान समस्याहरु सम्बोधन गर्ने तर्फ आफू लाग्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित