लोकतन्त्रका लागि प्रतिस्पर्धा गर्न कांग्रेसलाई ओली र प्रचण्डको चुनौती

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् । पार्टी एकता संयोजन समितिका प्रमुख नेताका रूपमा दुवै नेताले पार्टी एकता र तालमेललाई प्रभावकारी बनाउन शुक्रबार सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेका हुन् ।एकताको सन्देशलाई क्षेत्र र गाउँमा प्रभावकारी रूपमा पुर्‍याउन संयुक्त परिचालन र चुनावी प्रचार समिति बनाउन एमाले तथा माओवादी केन्द्र दुवै पार्टीको तल्लो पंक्तिलाई निर्देशनमा भनिएको छ ।

केन्द्रमा दुवै पार्टीका प्रमुख र वरिष्ठ नेताहरू रहेको समितिले काम अघि बढाइरहेकाले प्रदेश तथा जिल्ला तहमा पनि बढीमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्नुपर्ने विशेष निर्देशनमा उल्लेख छ । एकता र तालमेलका लागि गरिएको सहमतिको राजनीतिक दिशाको महत्वलाई गम्भीरतासाथ ग्रहण गर्दै स्थापित गर्न दुवै पार्टी पंक्तिलाई नेताहरूले निर्देशित पनि गरेका छन् ।

लोकतन्त्रका लागि प्रतिस्पर्धा गर्न चुनौती ओली र प्रचण्डले कांग्रेसलाई लक्षित गर्दै लोकतन्त्रका लागि प्रतिस्पर्धामा उत्रिन चुनौती पनि दिएका छन् । ‘हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन र हामीभन्दा बढ्ता लोकतान्त्रिक भएर हामीलाई लोकतन्त्रको प्रश्नमा हामीसँग प्रतिस्पर्धा गर्न आउन, हामीलाई उछिन्न त के पछ्याउन मात्र पनि सक्ने छैनन्,’ विशेष निर्देशनमा भनिएको छ, ‘त्यसैले संकीर्ण राजनीतिक स्वार्थका निम्ति प्रतिक्रियावादी कित्ताबाट सिर्जना गरिएको कम्युनिस्ट तानाशाहीको प्रायोजित प्रचारबाट प्रभावित नहुन, त्यस्तो प्रचारबाट कुनै पनि किसिमले भ्रम र त्रासमा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एवं आमजनतालाई अपिल गर्छौँ ।’

 

प्रतिक्रिया

सम्बन्धित