प्रधानमन्त्री देउवाले दिए चिनियाँ नेता सिलाई बधाई
बधाई सन्देशमा प्रधानमन्त्री देउवाले सिको महासचिव पदमा दोस्रो पटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उहाँको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत हो, भन्नुभएको छ ।
चिनियाँ जनताको सामाजिक–आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले ‘सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय’ र आर्थिक समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सिको दृष्टिकोणको सराहना गर्नुभएको छ ।
प्रतिक्रिया