कांग्रेसले लगायो ३२ जिल्लाका उम्मेदवारको टुंगो, बाबुराम पनि प्रजातान्त्रिक गठवन्धनवाट उठ्ने
काठमाडौं । नेपाली कांग्रेसले ३२ जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ । कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई सघाउने छ भने गोरखा क्षेत्र नम्बर २ नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई सघाउने छ ।
एमाले र माओवादीले ३२ जिल्लाका सबै सीटहरुमा तालमेल गरेको अवस्थामा कांग्रेसले उनीहरुसँग लगभग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । तथापि सिन्धुपाल्चोक २ मा पशुपति समशेरलाई सघाएका कारण सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई भोट हाल्नेछ । गोरखाको क्षेत्र नं १ मा पनि नयाँशक्ति पार्टीले कांग्रेसका चीनकाजी श्रेष्ठलाई सघाउने छ । यी बाहेक अन्यत्र भने कांग्रेस एक्लै चुनाव लड्दैछ ।
३२ जिल्लामा नेपाली कांग्रेस एवं गठबन्धनका उम्मेवारहरुको विवरण :ताप्लेजुङ- केशव दाहाल पाँचथर- भीष्मराज आङदेम्बे संखुवासभा-दीपक खड्का
भोजपुर-उमेशजंग रायमाझी खोटाङ- सरस्वती बजिमय सोलुखुम्बु- बलबहादुर केसी ओखलढुंगा-रामहरि खतिवडा सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिक० दोलखा-रुद्र खड्का रामेछाप- कान्छाराम तामाङ नुवाकोट १ – डा.रामशरण महत नुवाकोट २- अर्जुननरसिंह केसी धादिङ १ – विश्व अर्याल धादिङ २- दिलमान पाख्रिन लमजुङ- दिलबहादुर घर्ती मनाङ- टेकबहादुर गुरुङ म्याग्दी- खम्वीर गर्बुजा गोरखा १ – चीनकाजी श्रेष्ठ गोरखा २- बाबुराम भट्टराई (नयाँशक्ति० बाग्लुङ १ – चम्पादेवी खड्का बाग्लुङ २- निरज पुन रुकुम पूर्व- गोपालजीजङ्ग शाह रोल्पा( अमरसिंह पुन जाजरकोट- राजीवविक्रम शाह कालीकोट भूपेन्द्रजंग शाही हुम्ला-मंगल शाही जुम्ला- देवेन्द्र शाही मुगु-हस्तबहादुर मल्ल डोल्पा-अंगद बूढा रुकुम पश्चिम- वीरबहादुर ओली बझाङ-पृथ्वीबहादुर सिंह बाजुरा- कबिराज पण्डित बैतडी-नरबहादुर चन्द दार्चुला- विक्रम सिंह
प्रतिक्रिया