उपप्रधानमन्त्रीलाई कालोमोसो दल्न खोज्दा सिंहदरबारभित्रै झडप
काठमाडौं : शिक्षा मन्त्रालयका कर्मचारी र नौ विद्यार्थी संगठनहरुबीच झडप भएको छ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोज्दा झडप भएको हो । शिक्षा विधेयकको नवौं संशोधनकाविरुद्ध ज्ञापनपत्र बुझाउने निहुँ पारेर शुक्रबार दिउँसो शिक्षा मन्त्रालय पुगेका नेपाल विद्यार्थी संघ बाहेकका नौ विद्यार्थी संगठनले उपप्रधानमन्त्री श्रेष्ठलाई कार्यकक्षमा थुनेर कालोमोसो दल्ने प्रयास गरेपछि त्यसलाई रोक्न खोज्दा झडप भएको बताइएको छ । त्यसलगत्तै उनीहरुले ढोका थुनेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग्दै नारावाजी गरेका थिए ।
प्रतिक्रिया