ओली र प्रचण्डको भित्री दाउ
केन्द्रीय संसदमा एमालेले कम्तिमा पनि प्रत्यक्षमा एक सय स्थानमा जित्ने दाबी गरिरहेको छ । त्यसपछि बाँकी रहेको सिट संख्या माओवादी र अन्य दलहरूलाई दिने योजना बनाएको छ । केपी ओली पनि राजनीतिक खेलाडी हुन् । उनले प्रचण्डको कमजोरी बुझेका छन् । प्रचण्डको त्यही कमजोरीलाई प्रयोग गरेर ओलीले एमालेका लागि धेरैभन्दा धेरै सिट राखेर जिताउने प्रयास गर्ने छन् । यो कुराबाट अलिक धेरै जानकार नरहेका प्रचण्डले पनि एमालेभन्दा धेरै सिट जितेर सत्ताको तर मार्ने योजना बनाई रहेका छन् ।
कथंकदाचित माओवादीले भने जति सिट जित्न नसकेपछि एमालेमा पार्टीलाई बिलय गराएर आफू राष्ट्रपति वा पार्टी अध्यक्ष बन्ने सपना देखेका छन् । तर, प्रचण्डलाई के कुरा थाहा छैन भने जीवनभरि एमालेमा रहेर संगठन गरेका एक सयभन्दा धेरै केन्द्रीय लेबलका नेताहरू छन् भन्ने । माधव नेपाल, बामदेव गौतम, झलनाथ खनाल, भीम रावल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङसहितका दर्जनौ नेताहरू प्रचण्डको योजना अनुसार सजिलै पद दिने अवस्थामा छैनन् । उनीहरूले प्रचण्डको बाटोमा अबरोध सिर्जना गर्ने छन् । त्यस कारण प्रचण्डले अहिले नै बुद्धि पु-याउँदा उचित हुने सुझाव आउन थालेको छ । बरु प्रचण्डले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने हो भने १२ वर्षे जनयुद्धको इज्जत रहनेछ । होइन भने एमालेको वैशाखी टेकेर सत्तामा आएको आरोप इतिहाँसमा दर्ज हुनेछ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
प्रतिक्रिया