काठमाडौं ६ मा नेपाली कांग्रेसबाट युवा नेता बस्नेत सिफारिस
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर–६ ख मा प्रदेश सभामा युवा नेता सरोज कुमार बस्नेतलाई सिफारिस गरेको छ । प्रत्यक्षतर्फ सिफारिस भएका बस्नेत विगत लामो समयदेखि पार्टीमा सक्रिय व्यक्ति हुन् । साविक मनमैजु गाविस तथा हाल तारकेश्वर नगरपालिकाका स्थानिय बस्नेत समाजसेवीका रुपमा चिनिन्छन् । व्यवसायी समेत रहेका बस्नेतको नाम सिफारिस भएसँग त्यस क्षेत्रका स्थानीयबासीहरुमा उमंगा छाएको छ । शिक्षित र बौद्धिक व्यक्तित्वको रुपमा समेत चिनिएका बस्नेत नयाँ जोश र जाँगरका साथ चुनावी मैदानमा उत्रदा युवाहरुको पूर्ण समर्थन रहने देखिन्छ । लामो समयदेखि नै नेपाली कांग्रेसमा रहेर निरन्तर राजनीतिक र सामाजिक सेवामा क्रियाशिल बस्नेत स्थानीय क्षेत्र र कार्यकर्तामाझ पनि लोकप्रिय छन् । पार्टीका विभन्न संघ संस्थामा आवद्ध बस्नेतले व्यवासयी संघ संस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । बस्नेतसँगै काठमाडौं ६ बाट पाँच जना नाम सिफारिसमा परेका छन् । पाँचजनामध्ये बस्नेतलाई बलियो उम्मेदवारको रुपमा लिइएको स्थानीयहरु नै बताउँछन् । पार्टीले बस्नेतलाई टिकट दिएको खण्डमा उनको जीत शुनिश्चित रहेको पनि स्थानीय कार्यकर्ताहरुको भनाई छ ।
प्रतिक्रिया