माओवादीबाट मन्त्री बनेकालाई हटाउन मिल्दैन : कानुन व्यवसायी

काठमाडौं : बाम एकता भएसँगै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सकारमा सामेल भएको माओवादी केन्द्र बाहिरिने हल्ला चलिरहेका बेला कानुन व्यवसायीहरुले भने मन्त्रीहरुलाई हटाउन नमिल्ने बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुले शिर्ष नेताहरुलाई भेट गरी सरकारले मन्त्रीहरुलाई हटाउने वा मन्त्रिपरिषद् विस्तार गर्न नमिल्नेबारे जानकारी गराएका हुन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज भएको कानुन व्यवसायीसहित दुई दलका शीर्ष नेताको छलफलमा यस्तो उनीहरुले यस्तो सुझाव दिएका हुन् । कानुन व्यवसायीहरुले निर्वाचन आचारसंहिता र अन्य संवैधानिक एवं राजनीतिक कारणले सरकारले मन्त्री हटाउने वा सरकार विस्तार गर्न नपाउने धारणा राखेका थिए । बैठकमा शीर्ष नेताले राष्ट्रियसभा निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय समेत गरेका छन् । बैठकमा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, सांसद अग्नि खरेललगायत तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित