अवसरवादी गठवन्धनको कुनै तुक छैन : वैद्य
पाेखरा : नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ ले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको उनको भनाई थियो । नेकपा क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको सोमबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष वैद्यले सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै उनले वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिष्टले एकताको बहस शुरु गर्नुपर्नेमा जोड दिए । पाँच दिनसम्म चल्ने सो सम्मेलनमा सबै जिल्लाका करिब ४०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ ।
प्रतिक्रिया