लोकतान्त्रिक गठबन्धनको चुनावी तालमेल मिलाउने जिम्मा कांग्रेसलाई

काठमाडौं। चुनावी तालमेलको टुंगो लगाउन लोकतान्त्रिक गठबन्धनको कार्यदलले नेपाली कांग्रेसलाई  जिम्मा दिएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनमा रहने दलले के कति संख्यामा सिट लिने भन्ने विषय टुंगो लगाउन नसकेपछि कार्यदलले त्यसको अन्तिम टुंगो लगाउने जिम्मा कांग्रेसलाई दिएको हो ।

कार्यदलले सिट, जिल्ला र पार्टीको छिनोफानो गर्ने जिम्मा कार्यदलको संयोजक समेत रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई दिएको बताइएको छ । स्थानीय हको निर्वाचनमा पार्टीले प्राप्त गरेको सिट, मत तथा अघिल्ला दुई संविधानसभाको निर्वाचनमा पाएको मतका आधारमा शीर्ष नेतासँग परामर्श गरि सिट र क्षेत्र निर्धारण गर्ने सहमति कार्यदलमा भएको छ ।   सिट संख्यामा गठबन्धनको पार्टीका नेताले आआफ्ना दाबी गरेपछि त्यसको टुंगो लगाउने जिम्मा कांग्रेसले पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित