चितवन- २ प्रदेशसभामा युवा नेता सुरज तिवारीको उम्मेदवारी

भरतपुर ।  नेकपा एमाले  चितवनले  संघिय प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ। चितवन जिल्लामा स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेको जिल्लामा जनमत निकै राम्रो देखिएको छ । साथै एमाले सहितको वाम गठबन्घनले नेकपा एमालेलाई चितवनमा शक्तिसाली बनाउन सक्ने देखिएको छ । जिल्ला कमिटीले  समानुपातिक तर्फका उम्मेदवारहरु पनि तय गरेको छ ।

  समानुपातिक सदस्यतर्फ एमाले युवा नेता सुरज तिवारीको पनि नाम सर्वसम्मतले सिफारिस गरिएको छ । प्रदेश नम्बर-३ चितवन जिल्ला वाट प्रदेशसभा सदस्यमा सिफारिस भएका तिवारीको नाम दोस्रो स्थानमा राखिएको छ ।

 चितवन जिल्लामा पहिलो र दोस्रो संविधानसभा निर्वाचनदेखि स्थानीय निर्वाचनमा समेत पार्टी युवा परिचालनको जिम्मेवारी कुशलतापुर्वक सम्हाल्दै आएका तिवारीको प्रदेशसभामा एमालेबाट समानुपातिक कोटामा पर्ने सम्भावना बढी छ ।

    सप्तगण्डकी क्याम्पसका पुर्व स्ववियु सभापति,युवा संघ केन्द्रीय विभाग सदस्य,जिल्ला खेलकुद अध्यक्ष हुदै दुई कार्यकाल जिल्ला सदस्य रहेका तिवारीको उम्मेदवारी सिफारिसलाई निकै अर्थपुर्ण मानिएको छ। युवाहरु माझ तिवारी सामाजिक संजालमा पनि सक्रिय छन्। स्रोतका अनुसार तिवारीको नाम बन्दसुचीमा पार्न केन्द्र देखि जिल्लासम्म ठुलै दबाब आएको छ। केन्द्रमा एमाले नेता वामदेव गौतमका खास व्यक्ति भनेर चिनिने तिवारीलाई नेता गौतमको साथ रहेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित