मधेशी दललाई सरकारमा सहभागि गराउन काँग्रेसको बैठकमा देउवालाई दवाव
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा माओवादीलाई सरकारवाट हटाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब परेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको बैठकमा अधिकांश नेताले सत्तासहयात्री दलले प्रतिपक्षी दलसँग सहकार्य गरेको अवस्थामा माओवादीलाई सरकारमा बस्ने नैतिक अधिकार नभएको धारणा राखेका हुन् ।
केही नेताहरुले भने संसदको समयवधी कम भएका कारण र संविधान कार्यान्वयन तथा निर्वाचनको मुखमा माओवादीलाई सरकारवाट हटाउन नहुने धारणा राखेका थिए ।बैठकपछि काँग्रेस नेता अर्जुननरसंह केसीले संसदीय राजनीतिमा कुनै पनि दललाई प्रतिपक्ष र सत्तापक्ष दुवैतर्फ बस्ने अधिकार नभएको भन्दै माओवादीलाई सरकारबाट हटाउनुपर्ने बताए ।
यद्यपी उनले यस बिषयमा पार्टीभित्र कुनै निर्णय नभएको जानकारी दिए ।बैठकमा काँग्रेस नेतृत्वको गठबन्धनमा अन्य दललाई पनि सहभागी गराउन छलफलका लागि नेताहरुलाई जिम्मा दिईएको उनले बताए ।यसअघि बुधबार बसेको नेपाली काँग्रेस, मधेश केन्द्रित दल लगाएतको संयुक्त बैठकले वृहत लोकतान्त्रिक गठबन्धन बनाउन कार्यदल समेत गठन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया