माओवादीबाट धोका पाएपछि भावी रणनीति बनाउँदै कांग्रेस
काठमाडौं। नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग चुनावी गठबन्धनको तयारी थालेको छ ।
काँग्रेसका एक केन्द्रिय नेताका अनुसार प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरुले विभिन्न दलका नेताहरुलाई भेटेर कुराकानी गरिसकेका छन् ।
सत्ता सहयात्री दल माओवादी केन्द्रले धोका दिएर एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता सम्मको सहमति गरेपछि नेपाली कांग्रेसका सभापति देउवा भावी रणनीति बारे परामर्शमा जुटेका छन् । कांग्रेसले उक्त गठबन्धनलाई अस्वभाविक गठबन्धनको संज्ञा दिइसकेको छ ।बाम गठबन्धनपछि दुर्घटनाको संघारमा पुगेको कांग्रेस बलियो बन्नलाई अवसर मिलेको पनि नेताहरुले वताउन थालेका छन् । बुधबार कार्यसम्पादन समिति बैठकमा छलफल गरेर कांग्रेसले आफ्नो रणनीति तय गर्नेछ । बैठकमा लोकतान्त्रिक प्रजातान्त्रिक शक्तिसँगको कार्यगत एकतादेखि केही पार्टीसँग एकीकरणको प्रयासबारे समेत छलफल हुने बुझिएको छ । कांग्रेसले तत्काल सरकार परिवर्तन हुने सम्भावना नभएकाले चुनावलाई नै केन्द्रीत गरेर भावी रणनीति तय गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया