काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान् चाड बडा दशैं –२०७४ का अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले आज दिएको शुभकामना सन्देशमा जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुङ्गिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै उल्लासमय शरद ऋतुको महान् चाड बडा दशैँको शुभकामना दिका छन् ।
प्रतिक्रिया