भरतपुर निर्वाचन प्रकरणमा ओलीको रहस्यमय मौनता, भारतपरस्तको आरोप
काठमाडौं । भरतपुर महानगरपालिका प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा दोधारे नीति अवलम्बन गरेको एमाले भित्रबाटै आरोप लाग्न थालेको छ । बाहिर चर्को विरोध गरेपनि भित्रि रुपमा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य सहमति गरेको एमालेभित्र चर्चा चलेको छ । खासगरी ओलीका विरोधीहरुले यो चर्चा चलाएको एमाले स्रोत बताउँछ ।
सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने फैसला गरेसँगै ओलीकै सहमतिमा पुनः मतदान गराएर माओवादीको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी रेणु दाहाललाई जिताउने सहमति गरेको ओलीमाथि आरोप लागेको छ । सर्वोच्चको फैसलालाई एमालेले दुर्भाग्यपूर्ण भन्दै सांकेतिक विरोध गरेको थियो । ओली निवास बालकोटमा बसेको स्थायी समिति बैठकले सर्वोच्च अदालतको फैसलालाई औपचारिक रुपमा मात्रै बिरोध गरेको छ । राष्ट्रवादी छवि बनाएको एमालेले सर्वोच्चको फैसला आउनेवित्तिकै कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेर मुलुकमा उथलपुथल मच्चाउँछ कि भन्ने आशंका बढेको थियो ।
तर, एमालेका अध्यक्ष ओलीले प्रचण्ड र देउवासँग गरेको गोप्य सहमति उजागर हुने गरेर स्थायी समितिबाट निर्णय गराएको आरोप लगोको हो । भारतलाई दोस्रो तहका नेताहरूमार्फत गाली गर्न लगाएर राष्ट्रवादी छवि बनाएका ओलीका लुकेका भित्री कुराहरू एकपछि अर्को गरेर बाहिर आउँछै छन् । कुनै बेला भारतको खुलेर वकालत गर्ने ओली अहिले सर्तकतापूर्ण कदम उठाउने गरेका छन् । उनको यो कार्यशैलीलाई एमालेभित्र ठूला नेताहरूले बुझेका छन् । तर, खुलेर बाहिर बोल्न वा बिरोध गर्न सकेका छैनन् । भरतपुर प्रकणमा ओलीले सुरुवाती दिनमा कडा अभिव्यक्ति दिएका थिए । मतपत्र च्यातिएपछि भरतपुरमा भएको विरोध सभामा आफू जाने भनेर तयारी पनि ओलीले गरेका थिए ।
तर, प्रचण्ड र देउवा तथा भारतीय राजदूतावासको दवावमा आफू नगई महासचिव ईश्वर पोखरेललाई पठाएर सम्बोधन गर्न लगाएका थिए । अहिले पनि ओलीले खासै विरोध नगरेर पार्टी पंक्तिलाई मतदानमा सहभागी हुन निर्देशन दिएका छन् । यो उनको लुकेको भित्री कुरा हो भनेर उनका विरोधीहरूले बताउन थालेका छन् । कांग्रेसले त सुरुमै रेणुलाई सहयोग गरेको थियो । कांग्रेसकै कारण रेणुले राम्रो मतसमेत ल्याइन । अब एमालेको सहयोगमा देवी ज्ञवालीलाई हराएर ओलीले रेणुलाई जिताउन भूमिका खेल्न सक्ने एमाले उच्च स्रोतको दावी छ । भारतकै योजनामा तिब्बत गएको खुलासा नेपाल हिन्दूराष्ट्र हुनुहुँदैन भनेर सधै वकालत गर्ने अध्यक्ष ओलीले सबैलाई चकित पार्ने काम गरेका छन् । पत्नी र केही सहयोगीहरू लिएर केही दिन अगाडि तिब्बतको मानसरोवरमा धार्मिक भ्रमणमा गएर ओलीले कसलाई खुसी बनाउन खोजेका हुन् बुझ्न सकिएको छैन । अध्यक्ष ओली किन हिन्दू धर्मप्रति यति धेरै लचक बनेका हुन् खोजीको विषय बन्न थालेको छ । यति मात्रै होइन बेलाबेलामा ओलीले हिन्दू धर्म र हिन्दूराष्ट्रका पक्षमा घुमाउरो भाषामा समर्थन गर्ने गरेका छन् । ओलीको यो लाइन भारतीय पक्षलाई खुसी बनाउन कै लागि आउने गरेको स्रोतको भनाई छ । ओलीले यसो गर्नुको कारणा खोज्दै जाँदा भने अर्कै रोचक प्रसंग फेला परेको छ । दुई हप्ता अगाडि उपचारको बहाना बनाएर बैंकक पुगेका ओलीले त्यहाँ रहँदा भारतीय गुप्तचर संस्था ‘रअ’सँग सम्पर्क गरेका थिए ।
स्रोतका अनुसार ‘रअ’को निर्देशनमा ओली मानसरोवर पुगेको र त्यहाँबाट फर्किएर आए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिला संसदको निर्वाचन गर्ने भनेर अभिव्यक्ति दिएका थिए । ओलीका पछिल्ला अभिव्यक्ति र काम गराई सबै भारतीय पक्षसँग मेलखाने गरेर आएका छन् । भारतपनि नेपालाई हिन्दूराष्ट्र र धर्मनिरपेक्ष हुनुपर्छ भन्ने मान्यता राख्छ । त्यसैगरी भारतले नेपालमा संघीयतालाई खासै रुचाएको छैन । बाहिरबाट हेर्दा भारतको चर्को विरोध गर्ने गरेका एमाले अध्यक्ष ओली भित्रभित्रै भारतसँग बिग्रिएको सम्बन्धलाई सुधार गर्न लागेका छन् । उनले भारतलाई चिड्याउने गरेर कुनै पनि गतिविधि गरेका छैनन् । भारतविरुद्ध अभिव्यक्ति दिनुपर्दा ओलीले आफूले कहिल्यै बोल्दैनन् । उनले आफू निकटका दोस्रो तहका नेताहरूमार्फत भारतको आलोचना गर्न लगाउँछन् ।
ओलीका गतिविधि जति भारत विरोधि भएपनि उनले याँदिल्लीको साथ लिएर फेरि प्रधानमन्त्रीमा दोहोरिने इच्छा जनाइसकेका छन् । ओली र भारतीय पक्षबीचको सम्बन्धका विषयमा कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि जानकार छन् । बाहिर जति नै भारतको विरोध गरे पनि एमाले र एमालेका नेताहरू भारतको समर्थन विना केही पनि गर्न सक्दैनन् भन्ने आरोप छ । भारतसँग महाकाली सन्धि गर्नमा ठूलो भूमिका खेलेका ओलीलाई राष्ट्रवादीको बिल्ला पनि भारतले नै लगाइदिएको चर्चा हुन थालेको छ । ओली र भारतीय पक्षको योजनामा नाकाबन्दी लगाएर एमाले र केपी ओलीलाई नायक बनाएको भन्ने आरोप एमालेभित्रै लाग्न थालेको छ । एमालेभित्र पनि भारतकै योजनामा ओली तिब्बत पुगेर चिनियाँ नेताहरूसँग वार्ता गरी आएको आरोप छ ।यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
प्रतिक्रिया