बेमौसमको बाजा नबजाउन प्रचण्डलाई चेतावनी

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन बैद्य, नेत्रविक्रम चन्दबीच फेरि पार्टी एकताको चर्चा चल्न थालेको छ । सिद्धान्त नमिलेको भन्दै एकअर्कालाई आक्षेप लगाउँदै अलग–अलग दल बनाएका यी तीन नेताहरूले सच्चिन आग्रह गर्दै पार्टी एकीकरणको अपील गरेका हुन् ।

 स्थानीय तहको निर्वाचनमा तेस्रो स्थान बनाएको माओवादी केन्द्रले मोहन बैद्य र नेत्रविक्रम चन्दलाई आफ्नो पार्टीमा आउन आग्रह गरेको छ । दाहालको आग्रहलाई बैद्य र चन्दले बेमौसमको बाजाको संज्ञा दिएका छन् । बैद्य र चन्दले दाहालसँग कुनै पनि हालतमा पार्टी एकीकरण हुन नसक्ने जनाएका छन् ।

 तर, माओवादी केन्द्रका अध्यक्ष दाहाल जसरी हुन्छ आफूसँग फुटेर गएका समूहलाई एकै ठाउँमा ल्याएर माओवादी पार्टी पुनर्संरचना गर्ने पक्षमा छन् । उनको यो योजनालाई अग्नि सापकोटा, हरिबोल गजुरेलसहितका नेताहरूले साथ दिएका छन् ।

  नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतका नेताहरूले भने बैद्य र चन्दलाई पार्टी प्रवेश गराउने कुरा रुचाएका छैनन् । कृष्णबहादुर महरा पनि पार्टी एकीकरणको पक्षमा छन् । उता, बैद्य र चन्द भने तत्काल पार्टी एकता नहुने भनेर आफ्ना नेताहरूसँग कुरा गर्न थालेका छन् । माओवादी केन्द्र संसदीय अभ्यासमा फसेको भन्दै बैद्य र चन्दले पार्टी एकीकरणको अपीललाई अस्वीकार गरिदिएका हुन् ।यूनाइटेड पोस्टमा खबर छ

 

प्रतिक्रिया

सम्बन्धित