दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो दल बन्ने बामदेवको दावी
स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो दल बन्ने गौतमले दावी गरे। एमालेद्वारा प्रदेश नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गौतमले प्रदेश र संघको निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
' नेपाली काग्रेस र सत्ताधारी पार्टीहरुले नेपालको संविधानलाई मान्छु भन्ने कहिले मान्दिन भन्ने आफूलाई मधेशवादी भन्ने पछि पूर्ण गठन भएका राजपाका नेताहरुले तराई मधेशबाट नेकपा एमालेलाई समाप्त गर्न घोषणा गरेका थिए त्यसको जवाफमा जनताले पहिलो र दास्रो चरणको निवाचनमा एमालेलाई पहिलो पार्टी बनाए ।’गौतमले भने । एमाले कुनै एक क्षेत्रको पार्टी नभई सम्पूर्ण नेपाली पार्टी भएको उनले स्पष्ट पारे ।
प्रतिक्रिया