कांग्रेसमाथि वामपन्थीको निरन्तर प्रहार

काठमाडौं : नेपाली कांग्रेस मुलुकलाई दीर्घकालीन निकास दिन प्रयासरत रहेका बेला वामपन्थी नेताहरूले फेरि प्रहार सुरु गरेका छन् । कांग्रेसभित्रको आन्तरिक विवादलाई अवसरका रुपमा प्रयोग गरेर एमालेका नेताहरूले प्रजातान्त्रिक शक्तिमाथि धावा बोल्न सुरु गरेका हुन् । गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस हार्दै छ भन्ने जान्दाजान्दै राष्ट्र र राष्ट्रियताका लागि तत्कालीन नेकपा (माओवादी)लाई शान्ति प्रक्रियामा ल्याएका थिए । उनले जंगलबाट भरखरै आएको माओवादीलाई सांसद बनाएर ठूलो रिस्क लिए । आखिर कांग्रेसले त्यसको मूल्य संविधानसभाको पहिलो चुनावमा नै चुकाउनु पर्याे । कांग्रेस दोस्रो दलमा खुम्चिनु प¥यो भने माओवादी ठूलो दल बन्न पुग्यो । अहिले पनि तराई मधेसमा बसोबास गर्ने जनताको मागलाई थोरै भए पनि सम्बोधन गर्ने पक्षमा कांग्रेस देखिएको छ । तर, कांग्रेसको यो अभियानलाई एमाले र एमालेका नेताहरूले राष्ट्रियताको नाममा बद्नाम गरिरहेका छन् । एमालेको राष्ट्रवाद र मधेसी जनताहरू भारतीय हुन भनेर फैलाएको प्रचारका कारण कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा ठूलो धक्का लागेको छ । राष्ट्र र राष्ट्रियताको पक्षमा लाग्दा नेपाली कांग्रेस फेरि पनि स्थानीय तहको निर्वाचनमा दोस्रो दल बनेर खुम्चन परेको छ । तैपनि कांग्रेस र कांग्रेसका नेताहरू मुलुकलाई निकास दिन लागिरहेका छन् । कांग्रेसले एमालेले जस्तो थोरै काम गरेर धेरै प्रचार गर्न जानेका छैनन् । कांग्रेसले आफूले गरेका कामहरूको कहिल्यै प्रचार प्रसार गरेनन् । बरु कांग्रेसलाई सधै बद्नाम गरेर एमालेले फाइदा लिएका धेरै उदाहरण छन् । अब नेपाली कांग्रेसले एमालेको यस्ता गलत कार्यको डटेर सामना गर्नुपर्ने बेला आएको कांग्रेसी नेताहरू नै बताउन थालेका छन् । पार्टीभित्रको लडाईँलाई यथावत राखेर कांग्रेसले राष्ट्र, राष्ट्रियता, विकास, राजनीतिक स्थायित्व, रोजगारीलगायतका विषयमा ध्यान दिनुपर्ने माग उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित