‘एनजिओ’को कार्यक्रममा देउवालाई कसले पठायो ?

काठमाडौं । बीस वर्ष अगाडिको स्थानीय तहको निर्वाचनमा राज्यसत्ताको दुरुपयोग गरेर ७० प्रतिशत स्थानीय निकाय जितेको एमाले अहिले आएर कांग्रेसभन्दा केही माथि गएको छ । त्यस बेला कांग्रेसले जम्मा २५ प्रतिशत मात्रै जितेको थियो । अहिले कांग्रेसभन्दा एमाले थोरै सिट अगाडि छ । एमालेले यो कुरा राम्रोसँग बुझेको छ । कांग्रेसले जितेका स्थानीय तहको डाह गर्दै आएको एमाले र त्यसका नेताहरू मानमर्दनमा उत्रिएका छन् ।

 सामाजिक सञ्जाल होस् वा आफू निकटका सञ्चारमाध्यम सबैमा कांग्रेस र कांग्रेसी नेताहरूको मान मर्दन गर्दै आएका छन् । बेलायतबाट पैसा लिएर नेपालमा कार्यक्रम चलाउँदै आएको  ‘साझा सवाल’ नामक ‘एनजिओ’ले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको मानमर्दन गरेको छ ।

 ‘साझा सवाल’ले प्रायोजित रुपमा देउवालाई प्रश्न सोध्न लगाएर बद्नाम गराएको आरोप छ । सञ्चारमाध्यममा बोलाएर एमालेका अध्यक्ष केपी ओलीलाई नायक र देउवालाई खलनायक बनाउने गरी सोधिएका प्रश्नले ठूलो प्रश्न उब्जाएको छ । साथै देउवालाई एनजिओको कार्यक्रममा लैजान सल्लाह दिने सल्लाहकारहरूको भूमिका प्रतिपनि ठूलो प्रश्न उब्जिएको छ । प्रधानमन्त्री जस्तो व्यक्ति एनजिओको कार्यक्रममा गएर बोल्नु हुँदैन थियो । यो कुरा देउवालाई थाहा नभए पनि उनका सल्लाहकार र निजी सचिवालयमा रहेकाले किन सोँचेनन् भनेर खोजी हुन थालेको छ ।

 कांग्रेस र कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बद्नाम गराउनकै लागि बेलायतले भूमिका खेलेको पनि आरोप लागेको छ । हुन त यसअघि बेलायतकै सहयोगको डिएफआइडीले नेपालमा क्रिश्चियन मूभमेन्ट अगाडि बढाउन जनजातिहरूलाई प्रयोग गर्दै आएको थियो । यो कुरा बुझेपछि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले डिएफआईडीको भित्री रहस्य बाहिर ल्याएर नाङ्गेझार बनाइ दिएका थिए । त्यसबेला देखि बेलायत नेपालसँग रिसाउँदै आएको छ । स्रोतका अनुसार शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई प्रयोग गरेर ‘साझा सवाल’ नामक बेलायती एनजिओको कार्यक्रम लगिएको थियो । आरजु देउवा स्वयं पनि पश्चिमा राष्ट्रहरूको पैसा लिएर थुप्रै एनजिओ र आइएनजिओ चलाउँदै आएकी छिन् ।

 त्यही भएर निजी सचिवालयलाई चुस्त राख्न देउवालाई सुझाव आउन थालेको छ । देउवाले पनि पैसामा बिक्ने र जनआधार नभएकालाई आफ्नो सचिवालयमा राख्नु हुँदैन । सहज पहुँच हुने र बुझेका व्यक्तिलाई सचिवालयमा राख्नुपर्ने ‘साझा सवाल’ जस्तो एनजिओको कार्यशैलीले सचेत गराएको हुनुपर्छ । एमालेका एक नेता भन्छन्, ‘हाम्रो नीति भनेको नेपाली कांग्रेसलाई प्रहार गर्ने हो । तिनका नेताहरूलाई बद्नाम गराउने हो ।’ हुन पनि एमालेका नेताहरूले अहिले सबैभन्दा ठूलो दुश्मन नेपाली कांग्रेसलाई ठानेका छन् । तर, कांग्रेसले यो विषयलाई खासै महत्वका साथ लिएको देखिँदैन । एमालेका नेताहरूले आफू निकटका सञ्चारमाध्यमलाई प्रयोग गरेर आफ्नो गुणगान गाउन लगाउने तर, कांग्रेसलाई बद्नाम गराउने कार्यमा लागेको देखिएको छ । यूनाइटेड पोस्टमा खबर छ

प्रतिक्रिया

सम्बन्धित