पाँचतारा साकोसद्वारा तीन सहकारी अभियन्ता सम्मानित
काठमाडाैं । पाँचतारा साकोसले तीन सहकारीअभियन्तालाई पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित गरेको छ ।
१४औँ वार्षिकोत्सव कार्यक्रममा पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७७ बाटजिल्ला सहकारी संघ इलामकी अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाल र पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७८ बाट नेफ्स्कुनका पूर्व अध्यक्ष एवं महासंघका सञ्चालक डिबी बस्नेतलाई ताम्रपत्र, दोसल्ला र जनही ११ हजार १११नगदसहित सम्मानित गरिएको हो ।
संस्थाका अध्यक्ष भोलानाथ पाठकको सभापतित्व एवं शहरी विकास मन्त्रीरामकुमारी झाँक्रीको प्रमुख आतिथ्यतामा भएको १४औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री झाँक्रीले उनीहरुलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरेकी थिइन् ।
संस्थाले २०७६ र २०७७ मा क्रमश कँडेल र लिम्बुलाई सम्मान गर्ने घोषणा त्यसैबेला गरेको भएपनि कोभिड १९ का कारण भौतिक रुपमा उपस्थित भएर कार्यक्रमगर्ने बातावरण नभएकाले संस्थाले १४ औं स्थापना दिवसको अवसरमा तीनैजनालाई सम्मान गरेको हो ।
सहकारी अभियानमा लागेर समाजको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानमा सक्रिय भूमिका खेलेको भन्दै संस्थाले उनीहरुलाई सम्मान गरेको जनाइएको छ ।
सम्मानित अभियन्ता कँडेल, बस्नेत र सुब्बाले सम्मान कार्यक्रमपछि शुभकामना मन्तब्य राख्दै पाँचताराको यो सम्मान अभियानले सहकारी क्षेत्रमै थप क्रियाशील हुन प्रेरणा मिलेको बताए भने संस्थाका अध्यक्ष भोलानाथ पाठकले अग्रजको सम्मानका लागि आफूहरुले संस्था स्थापना भएदेखि नै सम्मान कार्यक्रमलाई निरन्तर गर्दै आएको जानकारी दिए ।
सहकारी क्षेत्रमा लागेर आम सदस्य र समुदायको उन्नतिका लागि आफ्नो जीवनव्यतित गर्ने अभियन्ताहरुको कामको कदर गर्ने उद्देश्यले हरेक वर्ष स्थापनादिवसको अवसरमा फरक व्यक्तित्वलाई सम्मान गर्दै आएको अध्यक्ष पाठकको भनाइथियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष विजया मल्लले शुभकामना मन्तब्य राखेकीथिइन् भने संस्थाले हरेक वर्ष सहकारी दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर नियमित रुपमा ५–१० पटक रक्तदान गरेका व्यक्तिहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि दीपकप्रकाश बाँस्कोटाले २०७९ सालको क्यालेण्डर र संस्थाको स्मारिका विमोचन गरेका थिए । सो अवसरमा बोल्दै बाँस्कोटाले पाँचताराले देखासिखीका लागि नभइ वास्तविक रूपमै सहकारी अभियन्तालाइ सम्मान गर्नु उचित अभ्यास भएको धारणा राखे ।
प्रतिक्रिया