सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

काठमाडौँ । बलिवुड सुपरस्टार सलमान खानको अर्को फिल्म ‘सिकंदर’ मा अभिनेत्री रश्मिका मन्डन्नाको इन्ट्री भएको छ ।
फिल्ममा रश्मिका निर्माता साजिद नाडियावालाले लेखेका छन्, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुबैको अन-स्क्रिन जादू हेर्न प्रतीक्षा गर्न सक्दिन ।'
सिकंदरमा छनौट भएपछि रश्मिकाले लेखेकी छिन्, ‘धेरै समयदेखि तपाई मलाई मेरो अर्को प्रोजेक्टको बारेमा सोध्दै हुनुहुन्थ्यो । यहाँ छ आश्चर्य । सिकन्दरको एक हिस्सा हुन पाएकोमा म कृतज्ञ छु ।'
यसैबीच सामाजिक सञ्जालमा सलमानको एउटा तस्बिर भाइरल भएको छ । यो फिल्म ‘सिकंदर’ को सेटको हो र सलमानले यो फिल्मको सुटिङ सुरु गरिसकेका छन् । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।
यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।
निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_Sb1g2fgyTp_vcx4tfofuz0fwosucnlfbjcxnx1tz9m6mhfqbkyrqwafpzab1muu9qlq3cg2.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_HzgAdknZU7_5v8phklvdpqej9fgackiqe2xl9ufj4ghrhnqnwhbqvpmk98hqvbab7fwyi67.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_WPG7Kgi6EY_hycopbetkzmfp5u4yup6eqe3dtngoedwuw9blokp8ssaevrbcrtkwa1lchqh.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_XC4VjXv3zf_nubnx9ot1cierddl82yvpemkwbh9ujgmnbdyxjsaauxcselrfkxjoa49c79c.jpg)
प्रतिक्रिया