भैरहवामा बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न
प्रेरणा वासफोर,
१७ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न भएको छ । ड्रिम क्रिएसन इभेन्ट मेनेजमेको आयोजनामा भैरहवास्थित मिलन चोक शिव मन्दिर अगाडी बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम गरिएको हो ।
महोत्सवमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाकÞ अहमद खाँको प्रमुख अतिथित्यता रहेको थियो । नगर प्रमुख खाँले गणतन्त्र दिवसको शुभकामना दिदै सिद्धार्थनगर नगरपालिकालाई सबै मिलेर सफा र हराभरा बनाउन आग्रह गरे । उनले भने हामीले विभिन्न ठाँउमा विरुवाहरु रोपेका छौ मेरो आग्रह छ कसैले पनि त्यो विरुवाहरु नटिपिदिनु होला । र साथै सडक वरपर फोहोर नफाल्न र नगरपालिको ट्याक्टर फोहो लिनु आउँदा सडेगलेका र पलास्टिक जन्य फोहोर छुट्टयाएर फोहोर दिन आग्रह गरे । यसरी नगर सफा र स्वच्छ रहन्छ खाँले भन्नु भयो ।
महोत्सवमा शुभकामना मन्तव्य राख्दै उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ ले यस्ता सांस्कृतिक कार्यक्रमहरु गरिरहन स्थानी सरकारले पहल गरिरहन’ पर्ने बताए । यस्ता मेला महोत्सव भयो भने नेपालमा रहेका स्थानिय कलाकारहरुलाई होसला तथा पर्यटकहरुको आवगमनमा पनि टेवा पुग्ने श्रेष्ठले बताए ।
यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरु प््रति स्थानिय सरकार गम्भिर हुन जरुरी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । गोत्तम बुद्ध विमास्थलको संचालन, राष्ट्रिय सडकहरुको निमार्ण र ठूला उद्योग तथा कलकारखानाहरु प्रति स्थानिय सरकारको ध्यान जान जरुरी रहेको छ । उनले भने ।
साथै अर्थतन्त्र चलायमान बनाउन सिमानाका अर्था बडर खुल्ला गर्न वातावरण तयार गर्न नगर प्रमुखलाई आग्रह गरे । बडर खुला भएपछि उद्योगि व्यापारीहरुको लागि सहज हुने अर्थतन्त्र चलायमान हुने उनको दाबी छ । गणतन्त्र दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाकÞ अहमद खाँ, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, वडा न.ं ५ का वडाअध्यक्ष पूरण प्रसाद श्रेष्ठ, वडा न.ं ६ का वडा अध्यक्ष विरेन्द्र श्रीवास्तव र कार्यक्रम संयोजक दिनेश गुप्ताको उपस्थिती रहेको थियो । कार्यक्रममा रवि जयसवालको अध्यक्षता रहेको थियो भने कार्यक्रमको संचालन बिशाल श्रीवास्तवले गर्नु भएको थियो ।
कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने
बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
प्रतिक्रिया